मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिपरामा सोमबार दिनभर तनाव, सलामीको निलम्बनपछि पनि रासकोटी परिवार अशान्त

पिपरामा सोमबार दिनभर तनाव, सलामीको निलम्बनपछि पनि रासकोटी परिवार अशान्त

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, बाणगंगा ।

सोमबार दिउसोबाट साँझसम्म इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुमा तनावको स्थिति बन्यो । करिब एक महिना अघि वडा नम्बर ८ मोर्मीका आशिष रास्कोटीको आत्महत्या प्रकरणका कारण दिनभर उनको परिवार, आफन्त र छिमेकीको एक समुह प्रहरी कार्यालय पिपरामा पुगेका थिए ।

घटना भएको २७ दिनसम्म पनि आफूहरुमाथि न्याय नभएको भन्दै मृतककी आमा विष्णु रास्कोटी, बुबा र दाजु, परिवारका अरु सदस्य, छिमेकी, जनप्रतिनिधि, समाजका अगुवा र पत्रकारहरुसंगै घटनाबारे बुझ्न भन्दै पिपरा पुगिरहेका बेला स्थिति एक्कासी असामान्य बनेको थियो । त्यहि क्रममा आफ्नो छोरालाई अनुचित दबाब दिएर मृत्युवरण गराउन बाध्य बनाएको भनिएका प्रहरी नै रास्कोटी परिवारले त्यहाँ देखे । त्यसपछि स्थिति असामान्यतर्फ उन्मुख थियो ।

छोराको न्यायको लागि ज्यान दिन पनि पछि नपर्ने भनेर अशान्त रहेकी मृतककी आमाले जब त्यो मोहन अर्याल भन्ने प्रहरीलाई कार्यालय भित्र देखिन, त्यसपछि उनी सामान्य अवस्थामा रहिनन् । आरोपित प्रहरीलाई नै संरक्षण गरेर राखिएको भन्दै प्रहरीाथि नै जाइलाग्ने स्थिति बन्यो । त्यहाँका प्रहरी, जनप्रतिनिधि र अगुवाले उनलाई सम्हाल्नुपर्ने स्थिति बन्यो । आफू अन्यायमा परेको भन्दै अब अन्तिम लडाई लड्न लागेको, छोरालाई टर्चर दिने प्रहरीमाथि कारबाही नभए जे पनि हुन सक्ने भन्दै प्रहरी कार्यालयको गेट नै उधिन्न उनी उद्धत् थिइन् । रुँदै कराउँदै उनले धमाधम समाजका अरु मानिस बोलाउन थालिन् । मृतकको दाजुले पनि केटाहरुको हुल जम्मा गर्न थाले । त्यसपछि पनि स्थिति सामान्य थिएन । बल्लबल्ल उनलाई सम्हाल्नु परेको थियो ।

छोराको आत्महत्या हुनुको कारण पिपरा मातहतका केहि प्रहरी रहेको जिकिर गरिरहेका आमा, बुबा, दाजु र परिवार सोमबार एक्कासी इलाका प्रहरी कार्यालय पिपरामा पुगेका थिए ।

भर्खर पिपरामा हाजिर भएका प्रहरी नीरिक्षक लोकेन्द्र जिसी त्यहाँको स्थिति देखेर उत्तरहिन थिए । परिवारको त्यो पीडा र आक्रोशमा केहिछिन उनी बोल्नसक्ने स्थितिसम्म थिएन भने मातहतका प्रहरीलाई जस्तो स्थिति भए पनि धैर्य रहन जिसीले आग्रह गरिरहेका थिए ।

यहिबीच सोमबार नै कसैले नसोचेको भयो कि मृतक आषिमाथि बिभिन्न माग राखेर फसाउने धम्की दिएको भनिने प्रहरी मोहन अर्याल पिपरामै देखिए । कार्यालयभित्रै अर्याललाई मृतककी आमाले देखिन् अनि । सामान्य बनेको थियो ।
सायद जिसी र मातहतका प्रहरी आवेगमा आएको भए सोमबार त्यहाँ अरु थप घटना हुन सक्दथ्यो । प्रहरीसंग भनाभन पनि भयो । हातहालाहाल पनि भयो । तर जेजे भए पनि सबैको संयमताले स्थिति थप विग्रन पाएन ।

रास्कोटीको आत्महत्या प्रकरणमा संलग्न भएको भनिएको बाबुराम सलामीलाई अहिले निलम्बन गरेको स्थिति छ भने आरोपित अरुमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घटना भएको दिन पनि स्थिति सामान्य थिएन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवरत्न पौडेलले घटनामा संलग्नमाथि हदैसम्मको कारबाहीको प्रतिवद्धता जनाएपछि घरबाट शव निकाल्न सक्ने स्थिति बनेको थियो ।

पौडेलले भने बमोजिम नै सलामीमाथि कारबाही भएको थियो भने अरु आरोपितमाथि कानुन अनुसार कारबाहीको काम भइरहेको प्रहरीको भनाई छ । एक जनलाई आइतबार मात्रै तौलिहवा तानिएको थियो भने मोहन अर्याल भनिने कारबाहीकै प्रकृयामा थिए ।
तर परिवारले भने घटनाभएको २७ दिनसम्म पनि आफ्नो मागमा प्रहरी गम्भीर नबनेको भन्दै सलामीलाई मात्र कारबाही गरेर नहुने बताउन थालेका छन् । परिवारको माग छ, ‘आशिषलाई मर्न बाध्य पार्ने अरुमाथि पनि कारबाही हुुनुपर्दछ । उनीहरुमाथि कारबाही नहुँदासम्म हामी शान्त रहन सक्दैनौँ ।’

प्रहरी नीरिक्षक जिसी भन्छन्, ‘आमाले भनेजस्तो यहाँ अर्याललाई लुकाउन खोजिएको पनि थिएन । उसलाई यहाँ संरक्षण गरी राखिएको पनि थिएन, कारबाही प्रकृया र अनुसन्धान जारी थियो । प्रहरीलाई दबाब दिए पनि नदिए पनि उसलाई भोलि तौलिहवा लगिँदै थियो । तर परिवार एक्कासी आवेगमा आउनुभयो । त्यसकारण स्थिति असामान्य बनेको थियो ।’

जिसी थप्छन्, ‘उहाँको छोराको मृत्यु भएको छ, उहाँ चरम पीडामा हुनुहुन्छ । त्यसैले ब्यावहारिक पक्ष बुझेर हामी धैर्य भएर घटनालाई संवेदनशिल भएर हेरेका छौँ । उहाँको आत्म रुने गरी हामी काम गर्दैनौँ । अन्याय हुन दिँदैनौँ । आरोपितमाथि गम्भीर अनुसन्धान भएर परिवारका आरोप प्रमाणित भए म यहाँ रहुँला नरहुँला मेरोतर्फबाट शुन्य सहनशिल भएर काम गर्दछु, मलाई विश्वास गर्नुस् ।’

। परिवारका तर्फबाट पिपरा पुगेका वडा अध्यक्ष विष्णु गिरी, बाबुराम अर्याल, रविराज आचार्य, पत्रकार चन्द्रकान्त न्यौपाने र छिमेकीले पनि अशान्त बनेको परिवारमा शान्ति स्थापना हुने गरी काम गर्न प्रहरीलाई आग्रह गरेका थिए । घटनालाई तोडमोड गरिए यसको जवाफ नराम्रो हुने उनीहरुको चेतावनी थियो ।

प्रहरी नीरिक्षक जिसीसंग उनीहरुको भनाई थियो कि, ‘आरोप लगाउने परिवारलाई कारबाही गर्नुस होइन भने परिवारको पीडा बुझेर घटनामा संलग्न जोजो छन् थुतेर कारबाही गर्नुस्, यदि यसो नभए अर्को घटना भयो भने तपाईले जिम्मा लिनुपर्दछ ।
मृतककी आमा २७ दिनसम्म रातदिन रोइ, कराइ गरेर बसेको हुनाले अब उनलाई सम्झाउने स्थितिमा नरहको भन्दै अब थप घटना भए प्रहरीले जिम्मा लिनुपर्ने अगुवाले भनेका थिए ।

एसपी पौडेल, जनप्रतिनिधि र भद्रभलाद्मीको बसाईमा अर्याल लगायतका प्रहरीलाई तौलिहवा तानेर अनुसन्धान गर्ने सहमति भइसकेको भन्दै यथासक्य उसलाई पिपराबाट हटाउन परिवारले माग गरेको थियो । त्यो सहमति कार्यान्वयनमा ढिलाई भएपछि परिवार आक्रोशित भएका थिए ।

सबैको कुरा ध्यानपूर्वक सुनिरहेका प्रहरी नीरिक्षक जिसीले फाइल सबै आफैसंग रहेको, आरोपितहरुको बयान पनि लिएको भन्दै दोषी ठहरिए विभागिए कारबाही गरेरै छाड्ने बताए । आफूलाई विश्वास गर्न आग्रह गर्दै उनले घटनाको बारेमा आमा विष्णुसंग थप बयान पनि लिए । लामो छलफलपछि परिवार र त्यहाँ गएका सबै कनभिन्स भएर फर्किए ।

जिसीले पनि अर्याल र अर्को रायमाझी भन्ने प्रहरीलाई अनुसन्धानको लागि तौलिहवा तानिने कूरा जनाए । जिल्ला प्रहरी र प्रदेश प्रहरीसंग समन्वय गरेर उनले राति अर्याल भनिनेलाई तौलिहवा पठाएत्यसपछि बल्ल । त्यसपछि राति सबै घर फर्कन राजि भए ।
प्रहरीले अर्याल, रायमाझी र चोरीमा संलग्न भएको भनिएको राजन थापामाथि गहिरो अनुसन्धान गरी कारबाही गरेको सुचना दिन परिवार र सरोकारवालाले जिसीलाई आग्रह गरेका थिए । यदि अब पनि जालझेल भए प्रहरी कार्यालयमा आगो लगाउने परिवारले धम्की दिएको छ ।

आमा विष्णुले छोरामाथि अनावश्यक टर्चर दिने प्रहरीलाई जोगाएमा आफूले जे पनि गर्न सक्ने र त्यसको जिम्मा प्रहरीले लिनुपर्ने बताएकी छन् । मोटरसाइकल चोरीको घटनाबाट जेलिएको यस घटनामा परिवारले प्रहरीलाई दोषी देखेको छ भने प्रहरीले प्रहरीबाट कमजोरी भएको स्वीकार गर्दै परिवारको पनि थोरधेर कमजोरी भएको बताएको छ ।

प्रहरी नीरिक्षक जिसीले यस विषयमा आफू गम्भीर रहेको भन्दै प्रहरीलाई विश्वास गर्न पटकपटक आग्रह गरेका थिए ।
स्थिति असामान्य बने पनि प्रहरी नीरिक्षक जिसी धैर्य भएर निकै सहयोगी तवरबाट रास्कोटी परिवारकारलाई सान्तवना दिन सफल भएको भन्दै त्यहाँ गएका भद्रभलाद्मीले पनि जिसीको प्रसंसा गरेका थिए ।
अब पिपरा मातहतका कुनै पनि प्रहरीबयाट यसप्रकारका कमिकमजोरी नहुने भन्दै प्रशासनिक सुधार, प्रहरीका आचरण सुधार लगायतमा निर्मम भएर आफुले काम गर्ने प्रहरी नीरिक्षक जिसीको प्रतिवद्धता छ ।
बाणगंगा नगरपालि र कार्यालय मातहतका अरु वडामा शान्ति सुरक्षा कायम गर्न र अपराधजन्य गतिविधि नियन्त्रण गर्न डटेर लाग्ने उनको भनाई छ ।