मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगा राइडर्स क्लवमा पुनः सापकोटा, युवादेखि पाका पुस्तासम्मको क्रेज

बाणगंगा राइडर्स क्लवमा पुनः सापकोटा, युवादेखि पाका पुस्तासम्मको क्रेज

अपि टाइम्स

कपिलवस्तु । साइकल चढेर ब्यक्तिगत र वातावरणीय स्वास्थ्यमा जनचेतना जगाइरहेको बाणगंगा राइडर्स क्लवको अध्यक्षमा पुनः विष्णु प्रसाद सापकोटा चयन भएका छन् । वडा नम्बर २ नन्दनगरमा भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट २ बर्षे कार्यकालको लागि सापकोटाको पुरानै समितिले निरन्तरता पाएको हो ।

३ जना सदस्यबाहेक पुरानै सदस्य सर्वसम्मत भएका क्लवमा उपाध्यक्षमा विष्णु गैरे, सचिवमा रामचन्द्र बेलबासे, सहसचिवमा तुल्सीराम भुषाल र कोषाध्यक्षमा तिलक पौडेल सर्वसम्मत भए । यस्तै नयाँ सदस्यमा रोहन पौडेल, हरि पौडेल र हरि घिमिरे सर्वसम्मत भए भने डांसुराम न्यौपाने, युवराज कंडेल र नरेन्द्र खांण सदस्यमा दोहोरिएका हुन् ।
उनीहरुलाई निर्वाचन अधिकृत राम बहादुर खत्रीले पद तथा गोपनीयताको सपथ खुवाउँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

त्यसअघि साधारण सभाको खुला सत्र सम्पन्न भएको थियो । खुला सत्रमा संस्थाको बार्षिक प्रतिवेदन, सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको लेखा प्रतिवेदन पनि सर्वसम्मतले पारित भएको थियो । यस्तै क्लवमा योगदान दिएका सल्लाहाकार विष्णु प्रसाद घिमिरे, क्लवका उपाध्यक्ष विष्णु गैरे र ज्येष्ठ सदस्य यम बहादुर थापालाई कदर पत्रले सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर २ का वडा अध्यक्ष तथा बाणगंगा नगरप्रवक्ता विष्णु पौडेलले बाणगंगा राइडर्स क्लव नगरको नौलो र मौलिक क्लव रहेको भन्दै प्रसंसा गरेका थिए ।

शरीर र वातावरण स्वस्थ राख्ने क्लव स्वस्थ हुन सके मात्र सामाजिक विकासमा टेवा पुग्ने उनको भनाई थियो । बाणगंगा नगरमा अझ थुप्रै कार्यहरु गर्न बाँकी रहेकाले आगामी दिनमा क्लवसंग नगर र वडाले सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा लायन्स क्लव कपिलवस्तुका अध्यक्ष नवदत्त घिमिरे, पत्रकार चन्द्रकान्त न्यौपाने, राइडर्सहरु हरि पौडेल, यम प्रसाद थापा लगायतले बोलेका थिए ।

क्लवका अध्यक्ष सापकोटाको अध्यक्षता, सचिव बेलबासेको संचालन र उपाध्यक्ष गैरेको स्वागत मन्तव्यमा कार्यक्रम सफल भएको थियो । आधुनिक साइकल चलाएर प्रमुख अतिथि पौडेलले खुला सत्रको उद्घाटन गरेका थिए ।
बाणगंगामा साइकल चलाउनेहरुले खोलेको क्लवमा युवा जनसहभागिता बढ्दो छ भने पाकापुस्ता र बालबालिका पनि जोडिएका छन् । ३ । ४ जनाबाट सुरु भएको क्लवमा अहिले साधारण र आजिवन गरी ५५ सदस्य छन् ।

विहानविहान ५ बजे पहेलो र सेतो पोशाषकमा साइकल चढ्ने राइडर्सको समुहलाई देखेर धेरैको क्लवप्रति क्रेज र आकर्षण बढ्दो छ । साइकल चढ्ने मात्र नभएर क्लवले दिनदुखी र अशक्तहरुलाई पनि सहयोग गर्दै आइरहेको छ ।