मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिले जारी रहेका परीक्षाहरू स्थगित

अहिले जारी रहेका परीक्षाहरू स्थगित

अपि टाइम्स

काठमाडौं । सरकारले हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार दिउँसो बसेको आपतकालीन समन्वयात्मक बैठकले भारी वर्षा भइरहेकाले अहिले चलिरहेका परीक्षाहरू केही समयका लागि स्थगित गर्ने निर्णय गरेको हो।

ुभारी वर्षाका कारण अहिले भइरहेको परीक्षा थोरै समयका लागि भएपनि स्थगित गर्ने निर्णय भएको छ,ु बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले भने।

बैठकले मृतकको परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने, अवरुद्ध सडक खुलाउने , राहत र उद्दारका सम्पूर्ण ध्यान केन्द्रीत गर्ने, घाइतेको निशुल्क उपचार गर्ने र अलपत्र यात्रुको तत्काल उद्दार गर्ने लगायतका निर्णय गरेको छ।