मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशीको वहाव ३७ वर्षयताकै उच्च , ब्यारेजको पुलमाथिबाटै बग्न थाल्यो पानी

कोशीको वहाव ३७ वर्षयताकै उच्च , ब्यारेजको पुलमाथिबाटै बग्न थाल्यो पानी

अपि टाइम्स

विराटनगर । सप्तकोशी नदीमा जल सतह उच्च भएपछि पुलमाथिबाटै पानी बग्न थालेको छ। केही समयअघिको मापन अनुसार कोशीमा पानीको बहाव ५ लाख ५७ हजार क्युसेक पुगेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए।

‘कोशीमा जलसतह लगातार बढ्ने क्रममा देखिएको छ,’ एसपी रेग्मीले भने, ‘अहिले कोशी बराजको पुलमाथिबाट पानी बग्न थालेको छ। हामीले यातायात र पैदल यात्रुलाई पनि हिँडडुलमा रोक लगाइसकेका छौं।’

शनिबार बिहानैदेखि बढ्न थालेको सप्तकोशी नदीको बहाव लगातार उकालिँदै गएपछि स्थानीय प्रशासनले सप्तकोशी पुलबाट हुने आवतजावतमा शनिबार चार बजेदेखि रोक लगाएको थियो।

शनिबार सप्तकोशीमा पानीको बहाव ३७ वर्षयताकै उच्च तहमा पुगेको कोशी बराज प्रशासनले जानकारी दिएको छ।

शनिबार दिउँसो १२ बजे सप्तकोशीमा पानीको बहाव ५ लाख ७ हजार ६९० क्युसेक पुगेको थियो। ३ बजेपछि बढेर ५ लाख २१ हजार पुगेको पानीको बहाव अहिले साढे पाँच लाखभन्दा बढी भएको छ।

यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७७१ जलसहत क्युसेक रेकर्ड भएको थियो। अघिल्लो वर्ष सप्तकोशीमा सबैभन्दा बढी ४ लाख ४० हजार क्युसेक बहाव पुगेको थियो।

यसअघि १९८९ मा सप्तकोशीको ४ लाख ७२ हजार क्युसेक पुगेको थियो। त्यसभन्दा अगाडि १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको तथ्यांकमा उल्लेख छ।

सप्तकोशी नदीमा जल सतहले सतर्कता तह नाघेपछि कोशी बराजका ५६ वटै ढोका खोलिएको छ।