मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँमा रोकियो दुई दिनदेखिको झरी, हल्का राहत

काठमाडौँमा रोकियो दुई दिनदेखिको झरी, हल्का राहत

अपि टाइम्स

काठमाडौँ । दुई दिनदेखि जारी झरी अहिले काठमाडौँमा रोकिएको छ । राजधानीमा बिहीबार रातिदेखि निरन्तर वर्षा हुँदै गएको थियो ।

वर्षाका कारण उपत्यकाका बागमतीसहितका नदी र सहायक खोलाहरूमा भीषण बाढी आएको थियो । बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन् ।

सशस्त्र प्रहरीका अनुसार काठमाडौँमा ११, ललितपुरमा १८ र भक्तपुरमा ५ जना गरी ३४ जनाको ज्यान गएको हो ।

यस्तै काठमाडौँमा १० जना घाइते हुँदा ६ जना बेपत्ता र ललितपुरमा ५ जना घाइते हुँदा थप १५ जना बेपत्ता भएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले अब मौसम क्रमशः शिथिल बन्दै जाने बताएको छ । वर्षा रोकिएसँगै अब जनजीवन सहज बन्दै जाने विश्वास गरिएको छ ।