मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीपहिरोको विपद्मा मुलुकः ६० जनाको मृत्यु, ६४ बेपत्ता

बाढीपहिरोको विपद्मा मुलुकः ६० जनाको मृत्यु, ६४ बेपत्ता

अपि टाइम्स

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परी ६४ जना बेपत्ता भएका छन् ।

यस्तै ३४ जना बेपत्ता भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । यसैगरी बाढीपहिरोमा परी १९५ वटा घरमा भौतिक क्षति पुगेको छ । दुई हजार १०३ जनालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

आएको शनिवार अपरान्ह भने काठमाडौं उपत्यकामा वर्षा रोकिएको छ । यसअघि शुक्रवारदेखि अविरल वर्षा भइरहेकाे थियाे ।