मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस सेन्टर कपिलवस्तुको अध्यक्षमा मनिष कार्की, गुप्ताले पाए युवा पुरस्कार

प्रेस सेन्टर कपिलवस्तुको अध्यक्षमा मनिष कार्की, गुप्ताले पाए युवा पुरस्कार

अपि टाइम्स

कपिलवस्तु । प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाको छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न भएको अधिवेशनले मनिस कार्कीको अध्यक्षतामा १५ सदस्यीय निर्विरोध समिति चयन भएको छ ।

जसको उपाध्यक्षमा माधव बेल्बासे, भगवती न्यौपाने, सचिवमा पिताम्बर घिमिरे ‘हरि’,सहसचिवमा सूर्य गुरूङ्ग, सहसचिवमा अजय शाहनी, कोषाध्यक्षमा सहबाज खाँन लगायत अन्य सदस्यमा रहनु भएको छ ।

अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज रुद्रप्रसाद बञ्जाडेले पत्रकारको प्रेस सेन्टर सङगठनलाइ सुदृढ गर्दै सक्रिय बनाउन आवश्यक रहेको बताए । समाज रुपान्तरणमा सञ्चार क्षेत्रको भुमिका महत्त्वपूर्ण रहेकाले निशपक्ष र इमान्दार भएर काम गर्नुपर्नेमा उनको जोड छ ।

त्यस्तै माओवादी केन्द्र कपिलवस्तुका अध्यक्ष विष्णु बेलबासेले कपिलवस्तुको विकासको लागि सञ्चार माध्यमले शसक्त भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले अनैतिक र अनियमित गतिविधि विरुद्ध आवाज बुलन्द गर्न आग्रह गरे ।

प्रेस सेन्टर कपिलवस्तुका सस्थापक अध्यक्ष सिपि शर्माको नामबाट स्थापित युवा पुरस्कारबाट पत्रकार मनिष गुप्ता सम्मानित भएका छन् ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष मानसिह विश्वकर्मा, केन्द्रीय सदस्यद्धय बसन्त गिरि, तथा कपिलवस्तुका इन्चार्ज डिलाराम भुसाल, प्रदेश समितिका सचिव चिन्ता परियार लगायतले बोलेका थिए ।

प्रेस सेन्टर कपिलवस्तुका शाखा अध्यक्ष अर्जुन बेलबासेको अध्यक्षता, उपाध्यक्ष भुपाल थापाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव माधव बेलबासेले गरेका थिए ।