मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार करोड बढी नव प्रभात वनको बजेट, सामाजिक विकासमा गरेको कामको प्रसंसा

चार करोड बढी नव प्रभात वनको बजेट, सामाजिक विकासमा गरेको कामको प्रसंसा

अपि टाइम्स

बाणगंगा । नव प्रभात सामुदायिक वन उपभोक्ता समुहले ४ करोड १५ लाख बराबरको बजेट पेश गरेको छ । वनले आ।व २०८१०८२ का लागि ४ करोड १५ लाख ४७ हजार ८ सय ९६ रुपैयाँको अनुमानित लोकप्रिय बजेट पेश गरेको हो । शनिबार वनको प्राङ्गणमा भएको १४ औँ वार्षिक साधारण सभामा उक्त बजेट प्रस्तुत गरिएको थियो ।

वनका अध्यक्ष डिल्लीराज रेग्मीले प्रस्तुत गरेको वनको अनुमानित आम्दानी तथा खर्च साधारण सभाले पास गरेको छ । समुहका सचिव सिता भुषालले कार्यक्रममा आर्थिक वर्ष २०८०८१ प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने कोषाध्यक्ष लक्ष्मी भुषालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । लेखा समिति संयोजक राम प्रसाद पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन बाधारहित तरिकाले एक ध्वनीबाट उपभोक्ताले पास गरेका छन् । उपभोक्ताले बादविबाद नगरिकनै प्रतिवेदनहरु पास गरेको हुनाले वनले उपभोक्ताको हितमा काम गरेको भन्दै अतिथिहरुले प्रसंसा गरे ।
वनले वन संरक्षण र सामाजिक विकासमा उल्लेख्य काम गरेको भन्दै अतिथिले प्रसंसा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले वनलाई जोगाउदै सदुपयोग गर्न सके देशको विकास छिटै हुने बताए । नव प्रभात सामुदायिक वन उपभोक्ता समुहको १४ औ साधरण सभामा बोल्दै उनले वनको विकास हुँदा नगरको विकास हुने बताएका हुन् ।

सम्पुर्ण सामुदायिक वनहरुले नगरसंग संमन्वय गरेर काम गरेमा नगरवाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने उनले बताए । सामुदायिक वनहरुले धेरै प्रकारका प्रगति गरी वनवाट धेरै प्रतिफल प्राप्त गर्न सकिने मेयर अर्यालको भनाई छ ।

विशिष्ट अतिथि वडा नं ८ का वडा अध्यक्ष बाबुराम अर्यालले विकास निर्माणका काममा वडा संगको सहकार्यबारे बोलेका थिए । वैज्ञानिक वन व्यवस्थापन समिती अध्यक्ष रेनु सेनले मुलुकभरका सामुदायिक वनको हितको लागि संघले काम गरेको बताइन् । सरकार सामुदायिक वनप्रति अनुदार रहेकाले देशभरबाट खबरदारी गर्न जरुरी रहेको उनले बताएकी थिइन् । उनले पनि नव प्रभातका कामहरुबाट आफू प्रभावित भएको बताइन् ।

डिभिजन वन कार्यालय कपिलवस्तुका वरिष्ट वन अधिकृत शिव नन्दन शाहले वनको महत्व काठ दाउरामा मात्रै नभएर हरेक क्षेत्रमा रहेको बताउदै वनको दिगोपनामा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा मधुवन सामुदायिक बनका अधयक्ष शान्तवीक्रम पौडेल, नव प्रभात वनका संस्थापक अध्यक्ष गुणादेवि पन्थि लगायतले बोलेका थिए ।

सोही अवसरमा वनका दर्जनौँ ज्येष्ठ नागरिकहरुलाई दोसल्ला र नगदसहित सम्मानित गरिएको थियो । यस्तै अरु ब्यक्ति पनि सम्मानित भएका थिए ।

वनका उपाध्यक्ष मित्रलाल कंडेलको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव सिता भुषालले गरेकी थिइन् ।
झमझम पानी परेको अवस्थामा पनि उपभोक्ताहरुको बाक्लो सहभागिता थियो ।