मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिवराजमा सुरु भयो नयाँ काम, अब ‘राष्ट्रिय गानपछि मात्र सेवा सुरु’

शिवराजमा सुरु भयो नयाँ काम, अब ‘राष्ट्रिय गानपछि मात्र सेवा सुरु’

अपि टाइम्स

शिवराज । कपिलवस्तुको शिवराज नगरपालिकामा एउटा नयाँ कामको थालनी भएको छ । सम्भवतह नगरपालिकाले लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमा पहिलो पटक यस्तो कामको थालनी गरेको हो । त्यो हो कार्यालय समयअघि राष्ट्रिय गान गाउनु पर्ने अनिवार्य नियम ।

नगरपालिका प्रमुख अजय थापाका अनुसार जनप्रतिनिधि र कर्मचारीमा राष्ट्रिय भावनाको जागृत गराउनको लागि यस्तो कामको थालनी गरिएको हो । अब स्कुलका विद्यार्थीले झैँ नगरमा रहेका जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी र अरु कर्मचारी पनि नगर बाहिरको प्रागंगणमा राष्ट्रिय गानमा अनिवार्य सहभागि हुनुपर्ने छ ।

त्यसको लागि १० बजे अघि नै कर्मचारी र जनप्रतिनिधि कार्यालय आउनु पर्ने थापाले अपिटाइम्सलाई बताए । राष्ट्रिय गानपछि मात्र नगरपालिकाको अरु सेवा सुरु हुने मेयर थापाले जानकारी दिए । यस कार्यलाई धेरैले राम्रो मानेको उनले बताए ।
उनले दोहोर्याए, ‘यो काम जनप्रतिनिधि र कर्मचारीमा राष्ट्रिय भावना जगाउन गरिएको हो । स्कुलका विद्यार्थीलाई त्यहि सिकाउँछौँ हामी पनि किन नगर्ने ।’ मुलुकभर सबैले यहि कार्य गरेको खण्डमा शुशासन वृद्धि र देशभक्तिको भावना वृद्धि गर्न टेवा पुग्ने उनले विशवास लिए ।