कपिलवस्तु । लायन्स क्लव अफ कपिलवस्तुले यस वर्ष बाणगंगामा नयाँ खेल प्रतियोगिता संचालन गर्ने भएको छ । पछिल्लो दुई वर्ष ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोपगता गरेर चर्चा कमाएको लायन्सले यसपटक दशैँ, तिहार र छठ पर्वको अवसर पारी फरक स्वाद पस्कने भन्दै यो नयाँ खेलको आयोजना गर्ने भएको हो ।
त्यो खेलको नाम हो, पाउन्ड क्रस उथ रोप (Pond cross with Rope) प्रतियोगिता । असोज २३ गते हुने यो खेल पनि पोखरीमाथि खेलिने खेल हो ।
त्यसको लागि बाणगंगा ३ राजापानीको पोखरीमा अहिले खेलका संरचना निर्माण हुन थालेको क्लवका पूर्वअध्यक्ष तथा प्रतियोगिता संयोजक राम शुभागे थारुले बताए । यो खेलको उद्धेश्य भनेको पर्यटन प्रवद्धन रहेको उनले बताए । गत बर्षहरुमा आयोजना गरेको साइकल प्ल्याङ्क ब्यालेन्स प्रतियोगिताले यस क्षेत्रमा पर्यटन प्रवद्धनमा सहयोग गरेको भन्दै यस खेलबाट पनि कपिलवस्तु चिनिने थारुले बताए ।
यो खेल साइकल प्ल्याङ्क ब्यालेन्सभन्दा पनि रमाइलो रमाइलो हुने थारुको विश्वास छ । पानीमाथि रिङ हुने र त्यहि रिङ समात्दै ५० मिटरको दुरी सबैभन्दा पहिले पार गर्नेलाई प्रथम घोषणा गर्दै ५१ हजारसहित ट्रफिले सम्मान गरिने क्लवका अध्यक्ष नवदत्त घिमिरेले बताए ।
उनका अनुसार जिल्लामा पर्यटन प्रवर्द्धनका साथै अटिजम र लागू पदार्थ दुर्वयसन विरूद्ध जनचेतना जगाउने उद्देश्य प्रतियो्गिताको छ । प्रतियोगितामा द्धितीय, तृतीय र चौथो हुनेलाई पनि पुरस्कृत गर्ने कार्यक्रम रहेको क्लवका कोषाध्यक्ष विष्णु घिमिरेले बताए । दर्ता शुल्क, रजिस्ट्रेसन लगायतका विस्तृत विषयमा क्लवले पत्रकार सम्मेलनमार्फत् जानकारी दिने बताइएको छ ।
प्रतिक्रिया