मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रीलाई कजाउने र खबरदारी गर्ने काम मिडियाको होः मन्त्री अधिकारी

मन्त्रीलाई कजाउने र खबरदारी गर्ने काम मिडियाको होः मन्त्री अधिकारी

अपि टाइम्स

काठमाडौँ । नेपाल सरकारका भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विपद्मा परेका जो कोहीलाई राहत र उद्धार गर्न सबै नेपाली लाग्नु पर्ने बताएका छन् ।

सरकारको तर्फबाट बाढी, पहिरो र डुवानमा परेका पीडित परिवारको लागि राहत वितरण र उद्धारमा कुनै कमि नभएको भन्दै आम नागरिकस्तरबाट पनि सहयोगमा कमि हुन दिन नहुने मन्त्री अधिकारीले बताएका हुन् । आइतबार विहान जनता जान्न चाहान्छन् भन्ने कार्यक्रममा कुराकानी गर्दै उनले सरकारले गरेन भन्ने कुरा जायज नभएको बताए ।

विपद्मा सरकार चुक्यो भन्ने प्रश्नमा उनले भने, ‘दुई दिनको बाढी, पहिरो र डुवानबाट जुन नोक्सान भएको छ, हामी दुखि छौँ । गर्दै नगरेको भन्ने होइन, नियन्त्रण र अनुगमनको लागि टोली पठाउने काम भएको छ । जनतालाई कसरी राहत दिन सकिन्छ भन्नेमा ध्यान दिएको छ, सबैले सहयोग गर्ने भनेका छन् । विपद्मा केके उद्धार र सहयोग गर्न सकिन्छ सबैले गरौँ ।’

सरकार र मन्त्रीहरुलाई खबरदारी गर्ने काम मिडियाबाट भएको भन्दै मन्त्री अधिकारीले धन्यबाद दिए । मिडियाले आवश्यकता अनुसार खबरदारी गर्नु ठिक हुने बताउँदै उनले सहि कुरालाई जस्ताको तस्तै पस्कन आग्रह गरे । आफूहरुजस्ता मन्त्रीलाई कजाउने काम पनि मिडियाको भएको अधिकारीको जिकिर छ ।