जितपुर । लामो समयदेखि चार नम्बरबाट सेवा दिदै आएको अंशु स्टेसनरी तथा स्पोर्टस हाउसले अब नयाँ ब्यवस्थापनसहित सेवा दिने भएको छ । बदलिँदो र अत्याधुनिक बजारमा अब पुरानै शैलीले पसल संचालन नहुने भन्दै नयाँ ब्यवस्थापनसहित सेवा सुरु हुन लागेको प्रोप्राइटर सुनिल पाण्डेले जानकारी दिए ।
पुरानो घरको दक्षिण छेवैमा रहेको घरको दोश्रो तलाबाट अंशुले सेवा दिने भएको हो । सेवाको औपचारिक सुरुवात असोज १७ गते घटस्थापनाको दिन बाणगंगा नगरपालिका प्रमुख चक्रपाणी अर्यालले गर्ने गर्ने पाण्डेले बताए । उनका अनुसार अंसुले सेवाहरु पनि थपेको छ ।
अब अंसुमा स्टेसनरी र खेलकुदका सामान मात्र नभएर बाद्यबादनका (गितार, ड्रम सेट, मादल आदि) ब्राण्डेड फेन्सी कपडाहरु पनि पाइने उनले जानकारी दिए । ग्राकहलाई नयाँ अनुभुति दिलाउने गरी नयाँ ब्यवस्था गरिएको बताउँदै दशैँ तिहार र छठ पर्वको अवसरमा विशेष छुट रहेको पनि पाण्डेले बताए ।
बजारमा लगानी गर्ने बातावरण नभए पनि युवाहरुलाई प्रोत्साहन गर्न पनि जोखिम मोलेको पाण्डेको भनाई छ ।
प्रतिक्रिया