मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज लुम्बिनीसहित यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज लुम्बिनीसहित यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

अपि टाइम्स

काठमाडौं । मनसुनको प्रभाव अझै देशभर छ। सँगै देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यी प्रणाको प्रभावले शनिबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ।

कोशी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

त्यस्तै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षासमेत हुने महाशाखाको पूर्वानुमान छ।

शनिबार राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा राति पनि मेघ गर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।