जितपुर । पछिल्लो समयमा युवाहरुप्रति बढेको जिम तथा फिटनेशको आकर्षणले वृद्धवृद्धालाई पनि आकर्षित गर्न थालेको छ । जिमप्रति वृद्धहरुको रुची कपिलवस्तुको बाणगंगामा पनि देखिन सुरु भएको हो ।
केहि महिना अघि चार नम्बर जितपुरमा खुलेको ‘द रोयल फिटनेश क्लव’ मा अहिले ५५ बर्ष उमेर सम्मका वृद्ध पुरुषले रुची देखाएको जिम हाउसका संचालक सुगम खनालले बताए । उनका अनुसार आजभोलि ५५ बर्षका बुबा नेत्र प्रसाख खनालले विहान विहान आएर डमबेल उचाल्ने लगायतका गतिविधि गर्न थालेका छन् ।
पहिला पहिलो बञ्चरो चिर्ने, दाउरा घाँस काट्ने, भीरपाखा चढ्ने लगायतका गतिविधि हुँदा स्वस्थ भए पनि अचेल प्रविधि र सुविधाले कामविहिन हुँदा शरीरमा आलस्यता बढेको भन्दै नातिले खोलेको जिम हाउसमा गएर विहान विहान कसरत गर्न थालेको उनले बताए ।
जिम गर्दा आनन्द आएको र शरीरमा फुर्ति बढेको उनको भनाई छ । संचालक खनालले हजुरबुबासंगै ४ । ५ जना वृद्ध बुबाहरु आएर जिम गर्ने गरेको बताए ।
अहिले नियमित जिम गर्नेको संख्या १६० पुगेको भन्दै त्यसमा अधिकांस युवा पुरुष, केहि महिला र १६ बर्षसम्मका बालबालिका पनि रहेको बताए । वृद्ध, बालबालिका, युवा सबैलाई शारीरिक अवस्था हेरेर आवश्यक मरामर्श दिएर क्लवमा भर्ना गर्ने गरेको खनालले बताए ।
यहि रुचीका कारण अहिले बाणगंगामा जिम हाउस खुल्ने क्रम जारी रहेको छ । केहि दिन अघि चार नम्बरमै अर्को सुविधासम्पन्न जिम हाउस पनि खुलेको छ । यसंगै बाणगंगामै ३ । ४ वटा जिम हाउस भएका छन् ।
शरीरलाई शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रुपमा बलियो राख्नको लागि जिम लगायतका कसरत जरुर रहेको स्वास्थ्य क्षेत्रका जानकार बताउँछन् ।
प्रतिक्रिया