चन्द्रकान्त न्यौपाने, काठमाडौँ । थर्मल थेरापीमा कोरियाको प्रख्यात कम्पनी नुगा नेपालले बाढी तथा पहिरो पीडित परिवारको लागि ८ लाख बढी रुपैयाँ सरकारलाई सहयोग गरेको छ । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगी सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा ८ लाख १ हजार रुपैयाँ कम्पनीले जम्मा गरेको हो ।
नुगा नेपालका सिइओ राजिव भण्डारी र प्रशिक्षण प्रमुख गणेश राई लगायतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
यो विपद्मा सबैको सहयोगबाट पीडितहरुको लागि थोरै थोरै भए पनि जम्मा गर्ने सन्देश दिन आफूहरुले सहयोग रकम जम्मा गरेको कम्पनीका सिइओ भण्डारीले बताए ।
सहयोगपछि प्रधानमन्त्री ओलीले नुगा नेपाललाई धन्यबाद दिएका थिए । मुलुकका बिभिन्न जिल्लामा बाढी तथा पहिरो पीडित परिवारले सहयोग पर्खेको भन्दै नुगा लगायतका संस्थाले गरेको सहयोग एकद्धार प्रणालीबाट सम्बन्धित ठाउँमा जाने बताउँदै प्रधानमन्त्री ओलीले नुगा नेपालको प्रसंसा गरेको भण्डारीले जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा नुगा नेपालको लागि बिभिन्न स्थानमा डिलर रहेका संचालकको पनि सहभागिता थियो । नुगा नेपालले थर्मल थेरापी मेसिनबाट मुलुकभरका नेपालीहरुलाई निशुल्क स्वास्थ्य सेवा र परामर्श दिइरहेको छ ।
नुगा वेष्ट नेपालका करिब २० वटा सेन्टरहरुले मुलकभर निशुल्क सेवा प्रदान गरिरहेका प्रशिक्षण विभाग प्रमुख राईले बताए ।
प्रतिक्रिया