मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ सराय नाचको इतिहास र महत्त्व

यस्तो छ सराय नाचको इतिहास र महत्त्व

अपि टाइम्स

काठमाडौँ । दशैँ सकिएसंगै सराय नाचको रौनक बढ्दै छ । यसको महत्व लुम्बिनी गण्डकी प्रदेशका पहाडी र अन्य जिल्लामा बढी छ । अहिले शक्तिपीठमा सरायको तयारी र रौनक देखिन्छ ।

यस्तो छ इतिहास र महत्व
पृथ्वीनारायण शाहको पालामा पाल्पा, गुल्मी, अर्घाखाँची र प्युठानमा भुरेटाकुरे राजाहरू थिए । ती जिल्लालाई ऐतिहासिक र सांस्कृतिक राज्यको रूपमा लिने गरिन्थ्यो । त्यतिबेला पनि राजाहरूलाई शक्तिपीठ, कोट र मन्दिरमा विजयादशमीका वेला सराय नाच देखाउने चलन थियो ।

दैत्य र दानवहरूमाथि देवी–देवताले विजय हासिल गरेपछि त्यही खुसीमा युद्धमा प्रयोग भएका हतियारसहित नाचगान सुरु भएको किंवदन्ती छ । सप्तमीको दिन फूलपाती भित्र्याएपछि मन्दिर वा कोटमा आलम ९भगवानको प्रतिमा० निकाल्ने गरिन्छ । विभिन्न रंगीचंगीसहितका ध्वजापतकाले सिंगारिएको आलमलाई भगवानको प्रतीकको रूपमा मन्दिरबाहिर सजाएर राखेपछि दैनिक पूजापाठ हुन्छ ।

खासगरी बहुमूल्य मूर्तिहरू, हातहतियारको सुरक्षाका लागि पनि यो संस्कार सुरु भएको हुन सक्छ । सराय नाच विशेष गरी दसैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच पनि हो ।

यो गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रुपन्देही, प्यूठान, दाङ जस्ता विभिन्न कोट र शक्तिपिठहरूमा नाचिन्छ । यो नाच एकादशीदेखि पूर्णिमासम्म नाचिन्छ । पहाडको बस्तीमा यो नाच बढी नाचिन्छ । पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी तरबार र खुाडा नचाई एकापसमा जोडिएर सराय नाच खेलिने गरिन्छ ।

अर्घाखाँचीको र ढुङगेचौरकोटमा त्रयोदशीका दिन, उलुक छत्र र अर्घातोस कोटमा दसैंका दिन, बाइगाउँ र काम्लेचौरकोटमा द्वादशीका दिन, गुल्मीको उनायाचौरकोटमा चतुर्दशीका दिनमा, भण्डारथुम, धुर्कोट, चन्द्रकोट, इश्माकोट, मुसिकोट, अर्जै, अमरपुर, नयाँगाउँ, धागिथुम र जोगीथुमकोटमा पूर्णिमाको दिनमा सराय नाचिन्छ । त्यस्तै प्युठान बिजुवारको डल्लेमा भने तिहारपछिको पञ्चमीका दिनमा सराय नाच्ने परम्परा छ ।

प्यूठानको बिजुलीकोट, ओखरकोट, भित्रीकोटलगायतका क्षेत्रमा र विजुवारमा डल्ले सराय तिहारसम्म खेलिन्छ । पाल्पामा मुझुङ्गकोट, ख्याहा, गोखुंगा रैनादेवी, कुसुमखोला, बल्डेङ्गगढी क्षेत्र, रम्भादेवी, माथागढीमा खेलिन्छ । बाग्लुङ्ग र पर्वत, स्याङ्गजामा अहिले हराउँदै गएको यस क्षेत्रका संस्कृतबिद राजेन्द्रप्रसाद आचार्यले बताए ।