मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिवराजको राम्रो निर्णयः प्लास्टिकका फूल र माला बिक्रीमा प्रतिबन्ध

शिवराजको राम्रो निर्णयः प्लास्टिकका फूल र माला बिक्रीमा प्रतिबन्ध

अपि टाइम्स

चन्द्रौटा । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिकाले तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री–वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठ लगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न आग्रह समेत गरेको हो ।

नगरप्रमुख अजय थापाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकाले त्यसको प्रयोगमा रोक लगाइएको बताए । उनले नगरभित्र नै किसानले धेरै मात्रामा फूल लगाएकाले उक्त फूल पूजापाठका लागि राम्रो हुने भन्दै प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह गरे ।

प्लास्टिकजन्य फूल तथा माला कसैले प्रयोग गरेको वा बिक्री–वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने नगरपालिकाले जनाएको छ ।