मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मलाई ज्यूउँदो छोडे भने ‘यही हातले भ्रष्टाचारीलाई जेल हाल्ने फाइलमा साइन गर्छु’

मलाई ज्यूउँदो छोडे भने ‘यही हातले भ्रष्टाचारीलाई जेल हाल्ने फाइलमा साइन गर्छु’

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफूमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

पार्टी कार्यालय चमतीमा प्रहरीलाई गिरफ्तारी दिनु अघि उनले गिरफ्तारी पत्रमा हस्ताक्षर गरेको हातले भ्रष्टाचारीलाई जेल कोचेरै छाड्ने चेतावनी दिए ।

‘मलाई मारेनन् भने आज गिरफ्तारी दिएको यही हातले भ्रष्टाचारीलाई जेल हाल्ने फाइलमा साइन गर्छु,’ लामिछानेले पार्टी पङ्क्तिलाई साथै राखेर भने ।