काठमाडौँ । बजारमा गोलभेँडाको मूल्य बढेको छ। माग अनुसारको आपूर्ति नहुँदा गोलभेँडाको मूल्य बढेको कालीमाटी तरकारी बजारका गोलभेँडा व्यापारी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
बाढी–पहिरोले प्रायः सबै टनेल डुबानमा परेको छ। बाटो अवरूद्ध हुँदा बाहिरी जिल्लाबाट पनि कालीमाटीमा गोलभेँडा आउन सकेको छैन,उनले भने, त्यसैले मूल्य बढेको हो।
उनका अनुसार गोलभेँडाको मूल्य यति धेरै महँगो भएको यो पहिलो पटक हो। यहाँभन्दा अघि गोलभेँडाको मूल्य यतिधेरै महँगिएको थिएन। उपभोेक्ताले बढीमा एक सय ५० देखि ६० रूपैयाँ तिरेका थिए।
गत महिना असोज दोस्रो सातातिर आएको अविरल वर्षाका कारण धेरै ठाउँमा बाढीपहिरो गयो। बाढीपहिरो गएलगत्तै विस्तारै गोलभेँडाको मूल्य बढ्दै गएको हो।
अहिले कालीमाटी बजारमा गोलभेँडाको मूल्य प्रतिक्रेट २५ सयदेखि ३५ सय रूपैयाँसम्म पुगेको छ। दुईरतीन दिनअघि कालीमाटी बजारमा गोलभेँडा प्रतिक्रेट दुई हजारदेखि तीन हजार रूपैयाँमा बिक्री भएको गोलभेँडा व्यापारी ज्ञानेन्द्रले जानकारी दिए।
तिहारपछि भने विस्तारै गोलभेँडाको मूल्य सस्तिने उनको भनाइ छ।
अहिले डुबानबाट बचेका केही टनेलबाट गोलभेँडा आइरहेको छ, उनले भने, तिहारपछि खुला ठाउँमा उत्पादन भएका गोलभेँडा पनि आउँछन्।
उनका अनुसार हाल काठमाडौं र भक्तपुरका केही ठाउँबाट गोलभेँडा आइरहेको छ।
बाहिरी जिल्लाबाट गोलभेँडा आएको छैन। बाहिरी जिल्लामा उत्पादन भएका धेरै जसो गोलभेँडा डुबानमा परे। बचेका गोलभेँडा पनि स्थानीयस्तरमा बिक्री हुँदा कालीमाटी बजारमा आएका छैनन्।
यसअघि काठमाडौं उपत्यका, चितवन, रामेछाप, धादिङ, पालुङ, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट लगाय
प्रतिक्रिया