काठमाडौँ । छोटा चलचित्र निर्देशक तथा रंगकर्मी पत्रकार रामजी ज्ञवालीको लापत्ता सन्तान नामक वृत्त चित्र ओएसआर डिजिटलबाट रिलिज हुने भएको छ ।
निकै चर्चामा रहेको लापत्ता सन्तानलाई ओएसआर डिजिटल नामक युटुभ चयानलमार्फत् सार्वजनिक गर्ने गरी सम्झ्यौता भएको निर्देशक ज्ञवालीले बताएका हुन् । ओएसआरका संचालक ओम अग्रवालसंग यो सम्झ्यौता भएको उनले बताए ।
उनका अनुसार आगामी शुक्रबार दिउसो चार बजे चलचित्र रिलिज हुने छ ।
घरबारविहिन सन्तानको पीडा र समस्या तथा पापी सन्तानहरुको खास अवस्थामा आधारित रहेर तयार पारिएको यो चलचित्र आफ्नो प्रतिक्षित प्रोजेक्ट रहेको भन्दै आफू उत्साहित रहेको उनले बताए ।
यससंगै उनले आधा दर्जन बढी छोटा चलचित्र निर्माण गरिसकेका छन् । ज्ञवाली निर्देशित चलचित्रहरुले बिभिन्न अवार्ड पनि पाएका छन् । साना चलचित्रसंगै विस्तारै ठुलो पर्दाको चलचित्रमा पनि काम गर्ने तयारी रहेको उनले अपिटाइम्सलाई बताए ।
प्रतिक्रिया