मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगामा हाइटेन्सनमा परी मृत्यु भएका पुरुषको पहिचान खुल्यो

बाणगंगामा हाइटेन्सनमा परी मृत्यु भएका पुरुषको पहिचान खुल्यो

अपि टाइम्स

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकामा करेन्ट लागेर मृत्यु भएका पुरुषको पहिचान भएको छ । वडा नम्बर ८ लौगाईस्थित १३२ केभिएको राष्ट्रिय प्रसारण लाइनको टावरमा एक जना पुरुष जलेको अवस्थामा भेटिएका थिए । विहानसम्म उनको पहिचान हुन नसकेकोमा अहिले भने शवको पहिचान भएको छ ।

प्रहरीका अनुसार मृतक वडा नम्बर ८ बालापुर बस्ने रामदेव थारुका छोरा तुलसी थारु ‘बर्ष चालिस’ रहेका छन् । मृतक थारुले लामो समयसम्म मिस्त्री काम गर्ने गरेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार मृतक थारुमा मानसिक समस्या पनि रहेको थाहा भएको छ ।

पहिचान खुलेसंगै उनको पिपरा अस्पतालमा पोष्टमार्टम हुने इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

मृतक थारुको मुखसहित शरीरको अधिकांस भाग जलेको थियो । के कारणले ती ब्यक्ति पोलमा चढे त्यो भने खुल्न नसकेको भन्दै घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।

सम्बन्धित समाचार