काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण तय भएको छ । आगामी १७ मंसिरदेखि उत्तरी छिमेकी मुलुक चीन जाने गरी प्रधानमन्त्री ओलीको भ्रमण मिति तय भएको हो ।
प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार १७ देखि २० मंंसिरसम्म मिति तय गरेर चीनले प्रधानमन्त्री ओलीलाई औपचारिक भ्रमणको निमन्त्रणा पठाएको छ ।
भ्रमणको गृहकार्य पूरा गरेर तिहारपछि बस्ने मन्त्रिपरिषद् बैठकले कार्यतालिका अनुमोदन गर्नेछ ।
प्रतिक्रिया