मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्पेनमा ५० बर्ष यताकै भीँषण बाढी, मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

स्पेनमा ५० बर्ष यताकै भीँषण बाढी, मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

अपि टाइम्स

म्याड्रिड । स्पेनमा आएको दशककै ठुलो बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ। बाढीकै कारण पूर्वीय प्रान्त भ्यालेन्सिया अहिले धेरै नै प्रभावित छ। यसलाई ५० बर्ष यताकै ठुलो भीषण बाढी भनिएको छ ।

मंगलबार आएको मुसलधारे वर्षापछिको बाढीका कारण मानिस घरको छतमा बस्न तथा रुख चढ्न बाध्य भएका थिए।

भ्यालेन्सियामा कम्तीमा ९२ जनाको ज्यान गएको छ भने कास्टिलामा २ तथा मालगामा एक बेलायतीको ज्यान गएको हो।

प्रधानमन्त्री पेड्रो साँचेजले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन्। साथै उनले संकट बढेको क्षेत्रमा आवश्यक परे राहत सामग्री थप गर्ने बताएका छन्।

बुधबार बिहानदेखि स्पेनको सेना तथा आपत्कालीन उद्धारकर्ताहरू प्रभावित क्षेत्रमा सामान ओसार पसार गर्न व्यस्त थिए। बुधबार सुरुमै एक हजार जना सेना तैनाथ गरिए पनि ती मध्येको धेरै जसो बिच बाटोमा नै रोकिएका थिए।

युरोपियन युनियनका प्रमुख उरुस्ला भान डेन लियोनले स्पेनमा रहेको उद्धारकर्ताको सहयोगकै लागि कोपरनिकस स्याटलाइट सिस्टमको प्रयोग गर्ने जनाएका हुन्। अन्य युरोपेली छिमेकी देशले पनि अहिले स्पेनका सहयोग गर्नेक्रम जारी रहेको छ।

यो बाढी आउनुमा धेरै कारण भए पनि मूल कारण जलवायु परिवर्तन भएको मानिएको छ।

वैज्ञानिकले पनि तापक्रममा आएको वृद्धिका कारण धेरै पानी बढेको बताएका छन्। औद्योगिक काल भन्दा यता १।१ डिग्री तापक्रम बढेपछि यसले संसारभरी नै समस्या ल्याएको छ।