मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगामा करिब ५८ लाख बराबरको गहुँको बीउ अनुदानमा बाँड्न सुरु, क-कसले पाउँछन् ?

बाणगंगामा करिब ५८ लाख बराबरको गहुँको बीउ अनुदानमा बाँड्न सुरु, क-कसले पाउँछन् ?

अपि टाइम्स

जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकाले अनुदानमा उन्नत जातको गहुँको बिउ वितरण गर्न सुरु गरेको छ । नगरपालिकाको कृषि विकास शाखाबाट सोमबारदेखि उन्नत जातको गहुँको बिउ वितरण गर्न सुरु भएको शाखा प्रमुख लेष बहादुर केसीले बताए ।

कृषकहरुलाई आवश्यकताका आधारमा बाणगंगा, गौतम, विजय, भृकुटी र एनएल ९७१ गरि पाँच जातका गहुँको बिउ वितरण गरिएको उनले बताए ।

सोमबार नगरपालिकाको कृषि शाखाबाट वडा नम्बर ६,७, ८ र ९ नम्बर वडाका कृषकलाई बिउ बाँडिएको शाखा प्रमुख केसीले बताए । यी वडामा २७ गतेसम्म बिउ बाँडिने छ । यस्तै मंगलबारदेखि २९ गतेसम्म नै जनसेवा कृषि सहकारी गजेहडा बाँकी वडाहरु (१, २, ३, ४, ५, १० र ११ ) का किसानलाई बिउ बाँडिने छ । विहान साढे १० बजेदेखि साँझ ५ बजेसम्म विउ बाँडिएको उनले बताए । उनका अनुसार कृषक, समूह तथा सहकारी गरि जम्मा १ हजार २५६ जनालाई गहुँको बिउ वितरण गरिने छ ।

कृषकहरुको मागका आधारमा नगरको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लागतमा गहुँको बिउ खरिद गरि वितरण गरिएको नगरप्रमुख चक्रपाणी अर्यालले बताए । बिउँमा नगरपालिकाको ३८ लाख ५० हजार र कृषकको १९ लाख २५ हजार रुपैयाँ गरी ५९ लाख ५७ लाख ७५ हजार लागत रहेको नगरप्रमुख अर्यालले बताए ।

नगरप्रमुख अर्यालले कृषकहरुलाई मध्येनजर गर्दै कृषकमैत्री योजनाहरु ल्याएर कार्यान्यन गरिरहेको दाबी गरे ।

बाणगंगाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रमहरु ल्याएको र सोही अनुसार कार्यान्यनको चरणमा विभिन्न अनुदानका कार्यक्रम संचालन गर्ने क्रममा विउ वितरण गरिएको बताए ।

बाणगंगा नगरपालिकाको वडा नं११ र १० मा सबैभन्दा बढी गहुँको बिउँको माग छ । वडा नं
११ मा १८५ क्युन्टल र वडा नं १० मा १८० क्युन्टल गहुँको बिउको माग रहेको कृषि शाखाले जनाएको छ ।