मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नन्दनगर महायज्ञः गुरुकुलका लागि महादान, ८ हजार क्विन्टल अन्न संकलन गर्ने लक्ष्य

नन्दनगर महायज्ञः गुरुकुलका लागि महादान, ८ हजार क्विन्टल अन्न संकलन गर्ने लक्ष्य

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा हुने ३० औँ ज्ञानमहायज्ञमा ८ हजार क्विन्टल अन्न संकलन गर्ने लक्ष्य राखिएको छ । यसलाई आयोजकले महादान भनेको छ ।

कैलाश आश्रम तथा मनकामना दुर्गामन्दिरको प्राङ्गणमा मंसिर ८ गतेदेखि १६ गतेसम्म हुने वराहपुराण पाठपारायण तथा श्रीमद्भगवत धनधान्याचल ३० औँ ज्ञान महायज्ञमा अन्नदानलाई महादानको अभियानको रुपमा अन्न संकलन गर्ने लक्ष्य राखिएको हो । आयोजक गुरुकुल प्रवद्धन समाज कपिलवस्तुका अध्यक्ष रवि ज्ञवालीले घरघरबाट अन्न दान दिएर सहयोग गर्न आग्रह गरे ।

गुरुकुलमा दैनिक १२० भन्दा बढी बटुक र शिक्षक, शिक्षिकाका लागि खाना पाक्ने हुँदा त्यसैलाई थप सहयोग पुगोस् भनेर अन्नदानको अभियान सुरु गरिएको अध्यक्ष ज्ञवालीले बताए । महायज्ञका संरक्षक १००८ श्री लोकानन्द स्वामी महाराजले मन फुकाएर अन्नदान गर्न भक्तहरुलाई आग्रह गर्नुभयो । अन्नदान प्राणदान भएकाले सहयोग गर्न सबैमा उहाँको आग्रह छ ।

महायज्ञको प्रमुख वाचकको रुपमा दिग्दर्शक वाचन शिरोमणी दिपक सापकोटा रहेका छन् । महायज्ञमा देशविदेशका धर्मका विद्वानले सहभागिता जनाउने आयोजकको दावी छ । महायज्ञमा हरेक दिन साँझ ६ बजेदेखि ८ बजेसम्म श्रृङ्गार महाआरती हुने छ ।

महायज्ञको प्रथम दिन ९ बजेदेखि १ बजेसम्म बैरियाको सिमलपानी चोकदेखि महायज्ञ स्थल सम्म शोभायात्रा, दैनिक पुजापाठ तथा हवन बिहान ८ बजेदेखि ११ बजेसम्म, संगीतमय कथा प्रवचन बिहान ११ बजेदेखि साँझ ५ बजे सम्म, प्रसाद वितरण साँझ ५ बजे, साँझ ६ बजेदेखि ८ बजेसम्म महा आरती र राती ८ बजेदेखि १० बजेसम्म भजन कृतन हुने बताइएको छ ।