जितपुर । मंसिर ८ गतेदेखि सुरु हुने ३० औँ नन्दनगर ज्ञान महायज्ञको प्रचारप्रसारमा बाणगंगा राइडर्स क्लव कपिलवस्तु जुटेको छ । क्लवमा रहेका दर्जनौँ ब्यक्तिहरु समुहमा बाँडिएर महायज्ञको प्रचारमा जुटेका हुन् ।
गुरुकुल संचालन र विश्व शान्तिको लागि महायज्ञ आयोजना भएको हुनाले उत्तरदायित्व सम्झेर प्रचारमा जुटेको क्लवले जनाएको छ । बिभिन्न प्रचार, पर्चा, पप्लेट, पोष्टर र अतिथिका चिठीहरु बोकेर बिहानै टोली निस्केको छ । उनीहरुले विहानीको समयमै अतिथिलाई भेट्ने गरी हिँडेको सचिव रामचन्द्र बेलबासेले बताए ।
क्लवका रुट संयोजक हरि प्रसाद घिमिरेले महायज्ञको प्रचार गर्न पाउँदा निकै खुसी भएको बताए । समय छोटो तर प्रचार गर्नुपर्ने धेरै भएकाले विहानैबाट प्रचारमा हिँडेको घिमिरेले बताए । १६ गतेसम्म हुने महायज्ञमा आफूहरुले सबै प्रकारको सहयोग गर्ने उपाध्यक्ष विष्णु गैरेले बताए ।
महायज्ञको प्रचारमा राइडर्सले निकै ठुलो योगदान गरेको आयोजक गुरुकुल प्रवद्धन समाज कपिलवस्तुले जनाएको छ । समाजका अध्यक्ष रविराज ज्ञवालीले यस महायज्ञबाट ८ हजार क्विन्टल अन्न संकलन गर्ने र त्यसबाट गुरुकुलमा रहेका बटुकको बर्षभरीको खाना र भण्डारा चलाउने लक्ष्य रहेको अध्यक्ष ज्ञवालीले बताए ।
प्रतिक्रिया