जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा भोलिदेखि सुरु हुने ३० औँ नन्दनगर ज्ञान महायज्ञको संस्कृति, पर्यटन तथा उड्यमन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गर्ने भएका छन् ।
गुरुकुल संचालन र विश्व शान्तिको लागि मनकामना संस्कृत गुरुकुल प्रवद्र्धन समाजले आयोजना गरेको महायज्ञको विहान मध्यान्ह १२ बजेसम्म उद्घाटन गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष रविराज ज्ञवालीले बताए । उद्घाटनपूर्व विहान नौ बजेदेखि नै वैरिया चोकबाट कलस यात्रा आरम्भ हुने बताइएको छ ।
बाजागाजा र बिभिन्न सांस्कृति झाँकीसहित कलस यात्रा हुने बताइएको छ । यस महायज्ञबाट ८ हजार क्विन्टल अन्न संकलन गर्ने र त्यसबाट गुरुकुलमा रहेका बटुकको बर्षभरीको खाना र भण्डारा चलाउने लक्ष्य रहेको अध्यक्ष ज्ञवालीले बताए ।
महायज्ञको प्रमुख वाचकमा प्रसिद्ध कथावाचक दीपक सापकोटा रहेका छन् भने भारतबाट पनि विद्धान र विदुषीहरु आउने महायज्ञका संरक्षक सन्तशिरोमणी १००८ स्वामी लोकानन्द महाराजले जानकारी दिए ।
गुरुकुल संचालन र बटुकको खानपानको लागि महायज्ञ आयोजना गरिएको हुँदा मनैबाट सकेको सहयोग गर्न उनको सबैमा आग्रह छ ।
प्रतिक्रिया