मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले लुम्बिनी निरंकुशतातर्फ, ओली र शंकर पोखरेललाई गाली गरेको भन्दै प्रदेश सांसद निलम्बित

एमाले लुम्बिनी निरंकुशतातर्फ, ओली र शंकर पोखरेललाई गाली गरेको भन्दै प्रदेश सांसद निलम्बित

अपि टाइम्स

दाङ। नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई गालीगलौज गरेको भन्दै प्रदेश सांसद दुर्गा चौधरीलाई पार्टीबाट हटाएको छ । मंगलबार एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले प्रदेश सांसद चौधरीलाई पार्टीबाट हटाएको पत्र पठाएका छन् । पत्रमा स्पष्टीकरण सोध्दा पार्टीविरुद्ध जवाफ दिएको भन्दै निलम्बन गरिएको उल्लेख छ । चौधरी बाँके क्षेत्र नम्बर १९ख० बाट मा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन्

“स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमी कमजोरीप्रति महसुस गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्धमा लिखित जवाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ ९७० को अनुशासनको कारबाहीको व्यवस्थाअनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँदछु,” उनले प्रदेश कमिटी र पार्टी केन्द्रीय कार्यालयलाई बोधार्थ दिएर पठाएको पत्रमा उल्लेख छ ।

चौधरी र अरु एमालेका सांसद र नेताले पार्टीको यो निर्णय निरंकुशताको पराकाष्टा भएको बताए ।