मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ औँ कपिलवस्तु महोत्सव सफल बनाउन पत्रकार र आयोजकको एक ध्वनी

१५ औँ कपिलवस्तु महोत्सव सफल बनाउन पत्रकार र आयोजकको एक ध्वनी

अपि टाइम्स

जितपुर । मंसिर १९ गतेदेखि पौष २ गतेसम्म बुद्ध रंगशाला बाणगंगामा सुरु हुने १५ औँ कपिलवस्तु महोत्सव सफल बनाउनको लागि पत्रकार र आयोजकले एउटै ध्वनी बनाएका छन् ।

आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघले बुधबार बाणगंगामा क्रियाशिल सक्रिय पत्रकार र मिडिया हाउसहरुसंग अन्र्तक्रिया कार्यक्रम गरी महोत्सव सफल बनाउन एउटै ध्वनी बनाएर काम गर्नु पर्ने साझा धारणा तय गरेका हुन् ।

विगतका संस्करणदेखि नै महोत्सव सफल बनाउन पत्रकारको अहम् भूमिका रहेको भन्दै यस महोत्सव सफल बनाउन मिडियाको सहयोग अपरिहार्य रहेको संघका अध्यक्ष तथा महोत्सवका संयोजक गणेश बहादुर क्षेत्रीले बताए ।

उनले भने, ‘महोत्सव सफल बन्दा आयोजक सफल हुने र आयोजक सफल बन्दा मिडिया पनि सफल हुने भन्दै एकै स्वरमा रहेर महोत्सवका सामाग्री प्रकाशन, प्रसारण गर्न क्षेत्रीले पत्रकारहरुलाई आग्रह गर्दछु । कुनै कमजोरी र रिक्त स्थान देख्नुभयो भने मिडियामा आउनुपूर्व नै जानकारी दिनुहोला । हामी सच्याउँछौँ । यो हाम्रो मात्र महोत्सव होइन तपाई हामी सबैको महोत्सव हो ।’

यसपटकको महोत्सव विगतका महोत्सवभन्दा फरक हुने, विगतका कमजोरीहरु पनि सच्याएर जाने भएको हुँदा सबैको सुझाव सल्लाह जरुरी रहेको उनले बताए ।

मिडियाका खरबदारीले आफूहरुलाई थप सजग बनाउने भन्दै खबरदारी नछाड्नसमेत अध्यक्ष क्षत्रीले पत्रकारलाई आग्रह गरे ।महोत्सवको ६० प्रतिशत बढी काम सकिएको संयोजक क्षेत्रीले जानकारी गराएका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष हुमानाथ पौडेलले पत्रकारहरुको सहयोगविना महोत्सव सफल बन्न नसक्ने बताए । संघका अनुगमन तथा मुल्यांकन समिति संयोजक तथा पूर्व अध्यक्ष उमानाथ पौडेल, निवर्तमान अध्यक्ष डोलकराम घिमिरेले महोत्सवका सकारात्मक विषयलाई उजागर गर्न आग्रह गरेका थिए ।

काम गर्ने सवालमा कमजोरी अवश्य हुने भन्दै भएका कमजोरी एकैपटक मिडियामा आउँदा महोत्सवलाई हानी गर्ने भन्दै महोत्सव अवधिभर सकारात्मक सुचना र समाचार प्रसारण गर्न उनीहरुको आग्रह छ । मिडियाविना महोत्सव सफल बन्न नसक्ने उनीहरुले बताए । विगतका कमजोरी नदोहोर्याउने गरी महोत्सवलाई ऐतिहासिक बनाउन पत्रकारको सुझाव छ ।

छलफल कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुको पूर्व अध्यक्ष डिलाराम भुसाल, हालका उपाध्यक्ष हरि अधिकारी, पूर्व उपाध्यक्ष पार्वती पाण्डे, पत्रकारहरु चन्द्रकान्त न्यौपाने, मोहन बेलबासे, कृष्ण पौडेल, हरि घिमिरे लगायतले पत्रकारहरुसंग हरसमय समन्वय गरेर जानुपर्ने बताएका थिए ।

महासचिव नवदत्त घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा बाणिज्य उपाध्यक्ष नारायण पौडेल, सचिव दामोदर पन्थी,संघका सहकोषाध्यक्ष कृष्ण गैरे, सांस्कृतिक कार्यक्रम संयोजक रामजी सेन लगायतको सहभागिता थियो । महोत्सवबारे मंसिर १५ गते पत्रकार सम्मेलन गरी जानकारी दिइने आयोजकले बताएका छन् ।