मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सीदेखि सुरु हुने एनपीएलको उद्घाटन खेलका टिकट सोल्डआउट

पर्सीदेखि सुरु हुने एनपीएलको उद्घाटन खेलका टिकट सोल्डआउट

अपि टाइम्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुने मिति निकै नजिक आउँदा अहिले यसको चहलपहल धेरै बढेको छ ।

पर्सी (मंसिर १५ ) गतेदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा ८ टिमको सहभागितामा एनपीएल सुरु हुनेछ । त्यसका लागि अहिले आयोजक नेपाल क्रिकेट संघ (क्यान) देखि सहभागि फ्रेन्चाइज टोलीहरु तिव्र तयारीमा छन् ।

खेलाडीहरु मैदानमा प्रशिक्षक गर्ने, अभ्यास खेल खेल्ने देखि पुरस्कार र प्रायोजकको घोषणा हुने क्रम जारी छ । यस्तै विदेशी खेलाडीहरु पनि नेपाल आउने क्रम जारी छ ।

टिकट सोल्डआउट

एनपीएलको चर्चा अहिले यति धेरै छ कि मंसिर १५ गते हुने विराटनर किंग्स र जनकपुर बोल्ट्सबीचको उद्घाटन खेलको टिकट सोल्ड आउट नै भएको छ । आयोजक क्यान र टिकेटिङ पार्टनर खल्ती दुवैले पहिलो खेलको टिकट सोल्ट आउट भएको जानकारी दिएको छ ।

उद्घाटन खेलको टिकट तीन दिनअघि नै सोल्ट आउट भएको हो । टीयू मैदानको कूल क्षमता १२ हजार जति भएपनि उद्घाटन खेलका लागि भिआईपी टिकट र नर्मल गरी १० हजार मात्र विक्री गरिएको क्यान प्रवक्ता छुम्मी लामाले जनाए ।

टियू मैदानमा मुख्य प्रायोजक सिद्धार्थ बैंकका लागि सिद्धार्थ बैंक जोन पनि छुट्याईएको लामाले जानकारी दिए ।
मंसिर १० गते बेलुका ८ बजेबाट क्यानले टिकट बिक्री खुला गरेकोमा तीन दिनमै टिकट सोल्ड आउट भएको हो । दर्शकले जोन अनुसार नै टिकट काट्नुपर्नेछ र त्यही जोनमा प्रवेश गर्ने र बाहिरिने गर्नुपर्नेछ ।

एनपीएल खेल्न विदेशी खेलाडी नेपाल आइपुग्ने क्रम जारी छ । बुधबार एकै दिन धेरै विदेशी खेलाडी (११)
नेपाल आइपुगे । पोखराको सर्वाधिक ४ विदेशी खेलाडी काठमाडौ आइपुगे ।

अब बिहीबार र शुक्रबार पनि विदेशी खेलाडी आउने क्रम जारी हुनेछ । विदेशमा लिग खेलिरहेका केही खेलाडी भने एनपीएल सुरु भएपछि आउने तयारीमा छन् ।

एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् र सबै ८ वटै टिम काठमाडौंमा जम्मा भइसकेका छन् ।