मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंसिर १७ देखि प्रथम नीसीखोला महोत्सव, हेलीकप्टर टुर र भलिबल आकर्षण

मंसिर १७ देखि प्रथम नीसीखोला महोत्सव, हेलीकप्टर टुर र भलिबल आकर्षण

अपि टाइम्स

दिपीका पौडेल, रुपन्देही । बाग्लुङ जिल्लाको नीसीखोला गाउँपालिकामा प्रथम नीसीखोला महोत्सव हुने भएको छ । यहि मंसिर १७ गतेदेखि ३० गतेसम्म रंगिन युवा क्लवको आयोजनामा महोत्सव हुने भएको हो । झिवाखोलाको रंगिन मैदानको वरपर महोत्सव स्थल तोकिएको छ ।

पहिलोपटक आयोजना गर्न लागिएको महोत्सवलाई सफल बनाउन बिभिन्न आकर्षणहरु राखिएका छन् । जसमा महिला र पुरुष खुल्ला भलिबल र हेलिकप्टर टुर प्रमुख आकर्षण रहेका क्लवका अध्यक्ष नन्दलाल रेग्मीले जानकारी दिए ।

हेलिकप्टरबाट नीसीखोला गाउँपालिकाका प्रमुख धार्मिक र पर्यटकीय स्थलको भ्रमण गराइने रेग्मीले जानकारी दिए । नीसीखोला पूर्वको तमानखोलादेखि पश्चिमको लुकुमसम्म हेलिकप्टरबाट पर्यटकीय टुर हुने बताइएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याती प्राप्त कलाकारको दैनिक रुपमा बेजोड प्रस्तुति, भ्वास अफ नीसिखोला, नीसीखोला च्याम्पियन, आमासमुह रत्यौली, कृषि र पर्यटनको प्रदर्शनी, बाग्लुङ स्तरीय तेकवान्दो च्याम्पिन्सीप लगायतका कार्यक्रम राखिएका महोत्सव व्यवस्थापन संयोजक भीम घर्तीमगरले जानकारी दिए ।

यस्तै मनोरञ्जनतर्फ बाल उद्यान, पीङ लगायत पनि राखिएका बताइएको छ । महोत्सवमा अहिले स्टल राख्ने लगायतका कामहरु अन्तिम चरणमा छन् ।नीसीखोलामा पहिलोपटक महोत्सव हुन लागेकाले यसलाई सफल बनाउन नीसीखोला गाउँपालिका नै कस्सिएर लागेको छ ।

गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले महोत्सवले गाउँपालिकालाई मुलुकमा चिनाउन र स्थानीय ब्यापार प्रवद्धन गर्न टेवा विश्वास लिएको बताए । महोत्सवको प्रचार प्रसारले अहिले गाउँपालिकाबासी नै उत्साहित छन् ।