कपिलवस्तु । बुद्धभूमि नगरपालिकाले बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरस्थित ‘मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुल’लाई ठुलो सहयोग गरेको छ । कैलाश आश्रम परिषरमा चलिरहेको ३० औँ महायज्ञको अवसर पारी नगरप्रमुख केशव कुमार श्रेष्ठले गुरुकुलममा रहेका बटुकहरुको लागि ९० थान कम्मल र ८० जोर चप्पल सहयोग गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै नगरप्रमुख केशव श्रेष्ठले गुरुकुलको विकासका लागि आफूले निरन्तर सहयोग गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप कम्बल र चप्पल दिइएको बताए ।
जाडो मौसम पनि सुरु भएकाले बटुकहरुलाई न्यानो प्रदान होओस् भनेर गुणस्तरीय कम्मबल वितरण गरिएको मेयर श्रेष्ठले बताए । समाजका हरेक निकायले असल संस्कार र संस्कृतिका लागि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो धर्म संस्कृति बचे सबै बच्दछ । यो नाश भए समाज पतनतर्फ जानेछ । यस्ता गुरुकुलको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।’
गुरुकुललाई लुम्बिनी प्रदेशकै एक प्रतिष्ठित गुरुकुलका रुपमा स्थापित गर्न नगरले सधैँ सहयोग गर्ने बताए । गुरुकुलको ब्यवस्थापन देखेर आफू पनि प्रभावित उनी बताउँछन् ।
यसैबिच बुद्धभुमी नगरपालिकाका प्रमुख श्रेष्ठले मनकामना गुरुकुल सस्कृत सोही अवसरमै बिद्यापिठका संरक्षक १००८ स्वामी लोकानन्द महाराजसगं मेयर श्रेष्ठले छलफल गरेका थिए । लोकानन्द स्वामीले पनि बुद्धभूमिको सहयोगप्रति धन्यबाद दिँदै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरेका थिए ।
नगर प्रवक्ता तिलक बस्नेतले पालिकाले गुरुकुलको बिकासका लागी यस बर्ष भौतिक बिकासमा रु ५ लाख पालिकाबाट बजेट बिनियोजन गरेकोले हिउदे अधिवेशनबाट बटुकहरुको ब्यवस्थापन तथा खाजा नास्ताका लागी २ लाख बजेट बिनियोजन गर्ने जानकारी दिएका थिए ।
सहयोग हस्तान्तरणका क्रममा बुद्धभुमी वडा नं १ का वडाध्यक्ष तेज बहादुर बस्नेत तिलक, वडा नं २ का सुरज प्रताप राणा, वडा नं९ का प्रमोद आर्चाय, गैडे सामुदायिक वनका सचिव सिता बेल्बासे लगायतको सहभागिता थियो ।
मनकामना संस्कृत गुरुकुल प्रवर्धन समाजका अध्यक्ष रवि ज्ञवालीले सहयोगका लागी धन्यवाद ज्ञापन गरेका गर्दै गुरुकुल संचालनबारे संक्षिप्तमा जानकारी दिएका थिए । प्रर्वधन समाजका कमल पौडेल, जगतराज रेग्मी, मनकामना गुरुकुल सस्कृत बिद्यापिठका दयाराम पौडेल लगायतले पनि सबैको सहयोगबाट गुरुकुल चलिरहेको जानकारी गराएका थिए ।
कार्यक्रममै शितंगगा वडा नम्बर ११ की सचिव सिता बेल्बासेले गैडे सामुदायिक बनको तर्फबाट गुरुकुलको बिकासका लागी रु ११ हजार १ सय ११ सहयोग रकम समेत प्रदान गरेकी थिइन् ।
प्रतिक्रिया