काठमाडौं। नेपाली क्रिकेटको महाकूभ्म सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि सुरू हुँदैछ। आठ फ्रेन्चाइज टोली सम्मिलित एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
विराटनगर किंग्सको मार्की खेलाडी लेग स्पिनर सन्दीप लामिछाने छन्। जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ शेख छन्।
उद्घाटन खेल हेर्न त्रिवि मैदानमा दस हजारभन्दा बढी क्रिकेटप्रेमीहरूको उपस्थिती रहनेछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटन खेल सवा १२ बजेदेखि सुरू हुँदैछ। खेलअघि उद्घाटन समारोह हुनेछ। एनपिएलको ट्रफी यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट सार्वजनिक गरिसकेका छन्।
उद्घाटन खेलको सबै दस हजार टिकट सोल्ड आउट भइसकेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। उद्घाटन खेलको टिकट साधारणतर्फ ३ सय रूपैयाँ र भीआइपीतर्फ ७ सय रूपैयाँ तोकिएको थियो।
एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्कबाट हुनेछ भने डिजिटल प्रसारण एक्सन स्पोर्ट्स युट्युब च्यानलबाट हुनेछ।
नेपालमा डिजिटल स्कोरबोर्डको प्रयोग पनि पहिलोपटक यही एनपिएलबाट सुरू हुँदैछ। एनपिएलका लागि त्रिवि मैदानमा प्यारापिट निर्माणदेखि मैदान मर्मतसम्भार गरेर आकर्षक बनाइएको छ।
मुख्य विशेषता
आठ फ्रेन्चाइज टिम
४० विदेशी खेलाडी
अन्तर्राष्ट्रिय स्पोर्टस् च्यानलबाट प्रत्यक्ष प्रसारण
एक अर्बभन्दा बढी खर्च हुने सातै प्रदेशलाई समेटेको प्रतियोगिता खेलाडी आयोजक, दर्शक, निजी र कला क्षेत्रलाई जोड्ने पुल बन्दै
कुल ३२ खेल
समापन ६ पुसमा
हरेक टिमका मालिकको १० देखि १४ करोडसम्म खर्च हुने अनुमान
लिगको सर्वोत्कृष्ट नेपाली खेलाडीलाई ६० लाखभन्दा माथिको कार
कला क्षेत्रका हस्ती राजेश हमालदेखि रचना रिमालसम्म र खेलकुदकै दीपक विष्टदेखि पूजा महतोसम्म ब्रान्ड एम्बेस्डर
आठ टिम किन्न १६ करोड ८८ लाख खर्च
दुईदेखि २० लाखसम्म एक खेलाडीलाई
प्रतिक्रिया