जितपुर । बाणगंगा राइडर्स क्लव कपिलवस्तुले वडा नम्बर २ नन्दनगरमा चलिरहेको ३० औँ महायज्ञमा बिभिन्न सहयोग गरेको छ । प्रचारप्रसारको मुखय जिम्मा लिएर सहयोग गरेको क्लवले आयोजक गुरुकुल प्रवद्धन समाजको आग्रहमा अन्नपूर्ण पर्वत बनाएर सहयोग गरेको हो ।
महायज्ञमा अहिले ८ हजार क्विन्टल अन्न संकलन गर्ने भन्दै अन्नपूर्ण पर्वत् बनिरहेको छ । अन्नपूर्णपर्वत ठुलो हुँदै गएपछि आयोजकले राइडर्सको साथ मागेको हो । त्यसपछि शनिबार विहान महायज्ञस्थलमा पुगेर क्लवलले बोरामा रहेका सयौँ क्विन्टल धानलाई खन्याएर अन्नपूर्ण पर्वत बनाएको हो । विहान नियमित रुपमा साइकल चलाउने रुट अन्तर्गत नन्दनगर रुट बनाएर सहयोग गरेको रुट संयोजक हरि घिमिरेले बताए ।
क्लवका उपाध्यक्ष विष्णु गैरेले महायज्ञमा युवाहरुको खाँचो रहेको कुरा त्यहाँ गएर थाहा पाएको बताए । उनले भने, ‘त्यहाँ साँच्चिकै बल भएका युवाको खाँचो रहेछ । विहान पुगेर अन्नपूर्ण पर्वत बनाउन पाउदा पवित्र काम गरेको महसुस गरेका छौँ ।’
आफूहरुले नन्दनगरका गुरुकुलको लागि नगद रुपैयाँ पनि सहयोग गर्ने बताए ।
क्लवको लागि शनिबार साझ महाआरती पनि राखिएको छ । मंसिर ८ गतेदेखि सुरु भएको महायज्ञ १६ गते भोलि सकिँदैछ ।
महायज्ञका संरक्षक स्वामी लोकानन्द महाराजले गुरुकुलको लागि राइडर्सका युवाहरुको सहयोग निकै महत्वपूर्ण रहेको बताउनु भयो ।
धर्म संस्कृतिमा यसरी राइडर्समा आवद्ध युवाहरु जाग्दा समाजमा धेरै राम्रो सन्देश प्रवाह भएको स्वामीले बताउनु भयो ।
क्लवले आगामी दिनमा पनि यसरी नै समाजलाई जगाउने सचिव रामचन्द्र बेलबासेको भनाई छ ।
प्रतिक्रिया