काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनको नजिता आउने क्रम जारी छ । अहिलेसम्मको अवस्थामा काँग्रसले धेरै पालिकामा अग्रतासहित जित हासिल गरेको छ ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेस विजयी
बुटवल । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका भुपमणी पुन मगर वडाध्यक्ष निर्वाचित भएका छन् ।
उनले ६४३ मत ल्याएर जित्दा एमालेका बेगम पुनले ५३५ मत ल्याए । माओवादीका नरेशजंग सिंहले ७० र राप्रपाका पहलबहादुर वलीले १० मत ल्याएका छन् ।
यो वडामा ०७९ को चुनावमा पनि कांग्रेसले नै जितेको थियो । त्यो चुनावमा कांग्रेसका टंकबहादुर पुनले ४८८ मत ल्याएर जित्दा एमालेका बेगम पुनले ४८० मत ल्याएका थिए भने माओवादीका शिवलाल रोकाले २०३ मत ल्याएका थिए ।
जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् ।
सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी कैन्द्रका गोरखबहादुर नेपाली बने । नेपालीले ३३२ मत पाएका छन् । यो वडामा पहिले माओवादी केन्द्रले जितेको थियो ।
यो वडामा ०७९ को चुनावमा माओवादी केन्द्रले जितेको थियो । माओवादी केन्द्रका मनबहादुर घर्तीले ३८० मत ल्याएर वडाध्यक्ष जित्दा कांग्रेसका खम्ब बहादुर सिंहले ३१८ मत ल्याएका थिए भने एमालेका प्रसाद सिंहले १४८ मत ल्याएका थिए ।
उता दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन्।
कांग्रेसका उम्मेदवार कुँवरले खसेको मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन्
का उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लाल सिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेका छन्। जम्मा खसेको मतमध्ये २० मत बदर भएको छ ।
वडा –५ का वडा अध्यक्ष मनोरथ भट्टको निधनपछि उक्त पदमा उपनिर्वाचन भएको हो ।
काठमाडौं । प्रमुख राजनीतिक दलहरुलाई पछि पार्दै कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० ले जितेको छ ।
नेमकिपाका खड्गराज शाहीले १४३ मत ल्याएर वडाध्यक्ष जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नैसोभा शाहीले ११५ मत ल्याएकी छन् ।
नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले भने तेस्रो र चौथो मत ल्याएका छन् । एमालेका ऐनबहादुर शाहीले ७८ र कांग्रेसका पैलबहादुर शाहीले ५९ मत पाए । राप्रपाका गोगनबहादुर शाहीले १७ र रास्वपाका गगन बलमे ५ मत ल्याए ।
कीर्तिपुरको मतगणना राति १० बजेदेखि सुरु हुने
कीर्तिपुर नगरपालिकाको मतगणना आजै सुरु हुने भएको छ । केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकले राति १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन् ।
सर्वदलीय बैठकले सुरुमा वडा नम्बर १ मा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु गर्ने निर्णय गरेको छ । यसैगरी वडा नम्बर ४ मा पनि सुरुमा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु हुने छ ।
त्यसपछि क्रमशः वडा नम्बर २ देखि १० सम्मको वडाको मतगणना हुने छ ।
यसअघि आज मेयरको मतगणना नगर्ने समझदारी दलका प्रतिनिधिहरुबीच भएको थियो । तर सर्वदलीय बैठकले मेयरको पनि मतगणना गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया