मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपचुनावः तिन उमेदवार, जसले कपिलवस्तुमा शुन्य मत ल्याए

उपचुनावः तिन उमेदवार, जसले कपिलवस्तुमा शुन्य मत ल्याए

अपि टाइम्स

कपिलवस्तु । जिल्लाको शुद्धोधन गाउँपालिका–१ को वडाध्यक्ष पदको उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ३ हजार ३ सय ७९ जनाले मतदान गरेको निर्वाचनमा अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टीका उमेदवार रमेश कुमार पाण्डेय सहित स्वतन्त्र उमेदवारहरु पुजारी थारु र सर्वजित मल्लाहले शुन्य मत पाए । जसपा पार्टीको चुनाव चिन्ह गोलाकार भित्रको मुठ्ठीबाट लडेका पाण्डेय सहित तिन जनाले आफ्नै मत नपाएको देखिएको छ ।

वडा अध्यक्षको चुनावमा एमालेका मोहम्मद ताहिर मुसलमान विजयी भएका छन् । उनले १ हजार १ सय ५० मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वण्द्वी नेपाली काँग्रेसका दिनेश कुमार यादवले १ हजार ७६ मत पाएका छन । वडाध्यक्षका लागि दलका १० जना र स्वतन्त्र ४ जना गरी १४ जना उमेदवार थिए । सो निर्वाचनको अन्तिम मत परिणाम अनुसार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका राम बहादुर कुर्मी चौधरीले ३ सय ४१ मत प्राप्त गर्दा सोहि पार्टीबाट छुट्टिएर बनेको जसपाका उमेदवारले शुन्य मत मात्रै पाए को देखिएको छ ।

अन्तिम मत परिणाम अनुसार जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४ सय २३, नेकपा माओबादी केन्द्रका रफि मोहम्मद मुसलमानले १ सय ३८ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका अवधेस कुमार चौधरीले ९२ मत, राप्रपाका इनताज अहमद धोबीले ६६ मत, नागरिक उन्मुक्ति पार्टीका सुर्य कुमार चौधरी थारुले ३३ मत, नेकपा एसका सुब्बा थारुले १५ मत र स्वतन्त्र उमेदवार अब्दुल अब्बल फकिरले १ मत पाएका छन । कांग्रेसबाट विजयी वडाध्यक्ष तिलकराम यादवको निधन भए पछि उप निर्वाचन भएको हो ।