एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चार्ल्स कुशनरलाई फ्रान्सका लागि राजदूत नियुक्त गर्नुभएको छ । चार्ल्स कुशनर ट्रम्पका सम्धी हुनुहुन्छ । ट्रम्पकी छोरी इभान्काले चार्ल्स कुशनरका छोरा जेरेड कुशनरसँग विवाह गर्नुभएको छ ।
सन् २०२० मा डोनाल्ड ट्रम्पले चार्ल्स कुशनरलाई अमेरिकी सरकारले दिएको सजायबाट माफी दिनुभएको थियो । ट्रम्पले सामाजिक सञ्जाल ुट्रुथु मा कुशनर एक उत्कृष्ट व्यापारिक नेता र सम्झौताकर्ता भएको बताउँदै उहाँ अमेरिका र यसको हितका लागि बलियो प्रतिनिधि साबित हुने उल्लेख गर्नुभएको छ ।
दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले प्रशासनको महत्त्वपूर्ण पदका लागि आफन्तलाई रोज्नुभएको बीबीसीले जनाएको छ । चार्ल्स कुशनरलाई फ्रान्सका लागि राजदूतका रूपमा घोषणा गर्दै ट्रम्पले उहाँसँग काम गर्न पाउँदा उत्साहित भएको बताउनुभएको छ ।
प्रतिक्रिया