मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बंगाली कालीगढ आलमले बनाइरहेको कपिलवस्तु महोत्सवको मूलद्धार कस्तो बन्ला ?

बंगाली कालीगढ आलमले बनाइरहेको कपिलवस्तु महोत्सवको मूलद्धार कस्तो बन्ला ?

अपि टाइम्स

जितपुर । बंगाली कालिगढले बनाउन थालेको १५ औँ कपिलवस्तु महोत्सवको मूलद्धार फिनिसिङको चरणमा पुगेको छ । ३४ मिटर लम्बाई र ८ मिटर चौडाई रहेको मूल गेटमा पशुपतिनाथ मन्दिरको आकार देखिने गरी तयार पार्न लागिएको हो ।

यसको लागि बंगाली कालिगढ मंजुर आलमको टोली रातिदिन नभनी काम गरिरहेको छ ।

३ दिनदेखि बनाउन सुरु गरेको गेटमा अब सजावटको काम बाँकी रहेको आलमले अपिटाइम्सलाई बताए । उनका अनुसार मन्दिरको गजुरमाथि नेपालको झण्डा हुनेछ ।

पहिलो र दोश्रो तलामा पहेँलो छानो हुनेछ भने बीच र तलको बाहिर देखिने भाग सेतो बनाइने आलमले बताए ।

त्यसको बीचबीचमा रातोसेतो आँखीझ्याल बनाएर सुन्दर बनाउने काम भइरहेको आलमको भनाई छ । सोमबार साँझसम्म मन्दिरको आकार देखिने उनी बताउँछन् ।

यसअघि आफूले बनाएका मन्दिर सानो भएको बताउँदै यहाँको ठाउँ धेरै भएर थप राम्रो देखिने उनले बताए । मंसिर १९ देखि पौष २ गतेसम्म १५ महोत्सव हुँदैछ ।