बाणगंगाा । कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको १५ औं कपिलवस्तु महोत्सवमा आज चर्चित आधुनिक गायिका समिक्षा अधिकारी आउने भएकी छन् ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ मंसिर १९ गतेदेखि सुरु भएको महोत्सवको तेश्रो दिन आज अधिकारी आउने मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक रामजी सेनले जानकारी दिए । सेनका अनुसार समिक्षाले महोत्सवस्थल बुद्ध रंगशालामा दर्जन बढी गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन दिनेछिन् ।
आज गायिका अधिकारीसहित विक्रमबाबु विक, विष्णु ठट्टाराई, श्याम बोहोरा आउने तय भएको संयोजक सेनले जानकारी दिए ।
यस्तै भोलि शनिबारको दिन चर्चित गीत म त ढलेँढलेँकि गायिका शान्तारानी परियार आउने बताइएको छ ।
यसैबीच विहिबारबाट १३औं कपिलवस्तु डान्स आईडलतर्फ १५ जना प्रतिस्पर्धीहरुले आआफ्नो प्रस्तुति राखेका छन् । उक्त प्रस्तुतिको आधारमा आज मंचबाट बाहिरदिनेको छिनोफानो हुनेछ ।
प्रतिक्रिया