मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिजा’ प्रकाशन गर्ने ७५३ पालिकामा पहिलो भयो बुद्धभूमि, के भन्छन् मेयर श्रेष्ठ ?

लिजा’ प्रकाशन गर्ने ७५३ पालिकामा पहिलो भयो बुद्धभूमि, के भन्छन् मेयर श्रेष्ठ ?

अपि टाइम्स

कपिलवस्तु । लिजा प्रकाशन गर्ने लुकभरका ७५३ स्थानीय तहमध्ये कपिलवस्तुको बुद्धभूमि नगरपालिका पहिलो बनेको छ । स्थानीय तह स्वमूल्यांकन प्रणाली (एलआईएसए) का बिभिन्न मापदण्ड पुरा गरी ८६.५ प्रतिशत अंक प्राप्त गर्दै बुद्धभूमि पहिलो बनेको हो ।

नगरपालिकाले शासकिय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, स्थानीय कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, र सहकार्य समन्वय गरि १० वटा क्षेत्रमा नगरपालिकाले सम्पादन गरेका कार्यहरुको समिक्षा गरी अंक निकाल्ने गरिन्छ ।

त्यसमा बुद्धभूमिले ८६.५ अंक प्राप्त गरेको नगरप्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिए । स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन प्रणाली (एलआईएसए) कार्यान्वयनमा ल्याइएको नगरप्रमुख श्रेष्ठ बताउँछन् ।

जिल्ला समन्वय समितिबाट प्राप्त अन्तिम नतिजा समेत प्रकाशन गरिने बताउँदै आगामी दिनमा नगरपालिकाले गर्ने कार्यसमपमदन थप उत्कृष्ट हुने नगरप्रमुख श्रेष्ठको विश्वास छ ।

गत बर्ष भन्दा यस बर्ष भने बुद्धभुमी नगरपालिकाले नम्बरमा समेत सुधार गरेको प्रमुख प्रशाकीय अधिकृत चुरामणी पन्थीले बताए । गत बर्ष गरेको कामको स्वमुल्यांकन गर्न बिभिन्न १० वटा क्षेत्रका कुल सय वटा सुचक रहेका छन् । त्यही आधारमा नम्बर दिन पाइन्छ ।

२१ गते नगरपालिकाले नतिजा प्रकाशित गरि देशकै पहिलो लिजा सार्वजनिक गर्ने स्थानीय तह बनेको नगरपालिकाका सूचना अधिकारी विमर्श खनालले जानकारी दिए ।

संघीय प्रणालीअनुसार संविधानले नै स्थानीय तहलाई असीमित अधिकार दिएको छ । स्थानीय तहले अधिकार दुरुपयोग गरी शासकीय प्रणालीलाई नै विकृत तुल्याउन सक्ने अवस्थालाई नियन्त्रण गर्न लिजा प्रणालीलाई कार्यान्वयनमा ल्याइएको हो ।

आगामी दिनमा थप क्षेत्रहरुमा सुधार गर्दै नगरपालिकामा पारदर्शिता कायम गर्न प्रतिवद्ध रहेको बताए । स्थानीय तहमा देखिएका समस्या समाधान गरी थप जिम्मेवार बनाई सेवाप्रवाह प्रभावकारी बनाउने विशेष उद्देश्यका साथ स्थानीय तह लिजा प्रणाली कार्यान्वयनमा ल्याउन लिजाको भूमिका छ ।

नगरपालिकाले गरेका कार्यका आधारमा प्रदेश र जिल्लामा बुद्धभूमिको नाम अग्रस्थानमा आउँछ । मेयर श्रेष्ठको काम गर्ने शैली र जनमैत्री शाषनले अहिले बुद्धभूमिबासी खुसी छन् । नगरप्रमुख श्रेष्ठले गरेको कामकै आधारमा दोश्रोपटक उनी नगरप्रमुखमा विजयी भएका थिए ।