मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानव बेचबिखनको आरोपमा कपिलबस्तुबाट एक युवक पक्राउ

मानव बेचबिखनको आरोपमा कपिलबस्तुबाट एक युवक पक्राउ

अपि टाइम्स

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कपिलबस्तुमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको दुपचेश्वर गाउँपालिका ७ का २५ वर्षीय शिसिर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार तामाङलाई कृष्णनगर नगरपालिका(२ लीङगेटबाट नियन्त्रणमा लिइएको हो ।

काठमाडौंबाट झुक्याएर एक व्यक्तिलाई भारत लैजाँदै गर्दा तामाङलाई पक्राउ गरिएको उनले बताए । उनलाई अदालतबाट म्याद थप गराएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।