मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकारको चुनावः कपिलवस्तुमा बिद्रोही काँग्रेस र माओवादीलगायतको प्यानल बन्दै

पत्रकारको चुनावः कपिलवस्तुमा बिद्रोही काँग्रेस र माओवादीलगायतको प्यानल बन्दै

अपि टाइम्स

जितपुर । केन्द्रमाजस्तै नेपाल पत्रकार महासंघ कपिलवस्तुमा पनि नेपाली कांग्रेस निकट प्रेस युनियनका उम्मेदवारको विद्रोही पक्षधर नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सहितले चुनावी गठबन्धनको प्रयास सुरु गरेका छन् । एमालेनिकट प्रेस चौतारीको भागमा कपिलवस्तु शाखा परेपछि उनीहरुबीच यस्तोखाले प्रयास हुन थालेको बताइएको छ ।

समाचार श्रोतअनुसार माओवादीनिकटको प्रेससेन्टरका पत्रकार केही काँग्रेसतर्फका पत्रकारहरुले यस्तो प्रयास सुरु गरेका समाचार श्रोत बताउँछ ।

माओवादीले नेतृत्व गरेको यो प्रयासमा केन्द्रको गठबन्धन नमान्ने बताउँदै कपिलवस्तुमा आफूहरुको अस्तित्व रक्षाको लागि विद्रोह गर्नुपर्ने अवस्था सिर्जना भएको प्रेस युनियनमा आवद्ध एक पत्रकारले जानकारी दिए ।
उनका अनुसार माओवादीबाट अध्यक्ष बन्ने गरी अरु सबै पदमा उम्मेदवारी दिनेगरी प्रयास भएको छ । माओवादीबाट अध्यक्षमा को उम्मेदवार बन्छ त्यो भने अझै टुङगिएको छैन । प्यानल बनेमा ककसले केक लिने त्यो भने अज्ञात नै छ ।

यो प्रयासमा प्रगतिशिल पत्रकार संघ, समाजवादी प्रेस लगायतको पनि समर्थन रहेको बताइएको छ । यदि यो प्रयास अन्तिमसम्म भएको खण्डमा कपिलवस्तुको अध्यक्षको लागि चुनाव हुने छ ।

केन्द्रमा पनि यस्तै खाले प्रयास भएको छ । कपिलवस्तुमा चुनाव नभए प्रेस चौतारीकी पार्वती पाण्डे अध्यक्ष बन्नेछिन् ।नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष खगप्रसाद चापागाइले यसबारे केहि नसुनेको बताउँदै आफुलाई केहि थानहा नभएको बताए ।
महासंघको चुनावमा कांग्रेसनिकट प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीले चुनावी गठबन्धन गरेका हुन् । कांग्रेस र एमालेको गठबन्धनबाट महासंघको अध्यक्षमा निर्मला शर्माको उम्मेदवारी परेको छ ।

यसमा असन्तुष्टि जनाउँदै प्रेस युनियनका रमेश विष्टले अध्यक्षमा उम्मेदवारी दिएका छन् । विष्टलाई माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सहयोग गर्ने गरी चुनावी गठबन्धन बनेको हो ।

प्रेस सेन्टरबाट अध्यक्षमा कमल गिरीले उम्मेदवारी दिएका थिए । गिरीको उम्मेदवारी फिर्ता गर्न लगाएर माओवादी सहितका विपक्षी दलहरूले कांग्रेसको बिद्रोहीसँग चुनावी गठबन्धन गरेको हो ।

यो गठबन्धनले पत्रकार सम्मेलन गर्दै गरेर आफूहरूको प्रतिवद्धता समेत सार्वजनिक गरेको छ । जसमा नेपाली पत्रकारितालाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धीकरण गर्ने उल्लेख छ ।

‘नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरूको मात्रै साझा संगठन बनाई आम श्रमजीवी पत्रकारको साझा नेतृत्वदायी पेशागत संगठनका रुपमा अघि बढाउने छौं’ प्रतिबद्धतापत्रमा उल्लेख छ ।
यो गठबन्धनबाट अध्यक्षमा रमेश विष्ट, वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, उपाध्यक्ष महिलामा गंगा पौडेल ९बराल०, समावेशी उपाध्यक्षमा सुभाष प्रसाद साह र महासचिवमा लेखनाथ न्यौपाने रहेका छन् ।

खुला सचिवमा उत्तरसिंह विष्ट, मधेसी सचिवमा श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विक, आदिवासी जनजाती सचिवमा भिषण राई, एशोसियट सचिवमा विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी रहेका छन् ।

खुला केन्द्रीय सदस्यमा केशव बहादुर भुल, दामोदर खनाल, लेखनाथ खतिवडा, बुद्द लोप्चन र रामकुमार श्रेष्ठ उम्मेदवार छन् । महिला सदस्यमा आदीवासी, जनजातीतर्फ सरु राना, मधेसीतर्फ मिनाकुमारी यादव, खस आर्यतर्फ दिया चन्द रहेका छन् ।

दलित केन्द्रीय सदस्यतर्फ लक्ष्मण दर्नाल उम्मेदवार छन् । आदीवासी जनजातीतर्फ अर्जुन बहादुर तामाङ उम्मेदवार छन् ।

मधेसीतर्फबाट चन्द्रदेव कामती, महिलातर्फ ललिताकुमारी साह, अपांगतातर्फ केन्द्रीय सदस्यमा अर्जुन काफ्ले, अल्पसंख्यकतर्फ केन्द्रीय सदस्यमा बख्तियार अलि रहेका छन् ।

लेखा समिति संयोजकमा ध्रुव रावल र लेखा समिति सदस्यमा गणेश प्रसाद बन्जाडे र लक्ष्मी चौधरी उम्मेदवार छन् । प्रतिष्ठान प्रदेशबाट केन्द्रीय सदस्यमा वीरेन्द्र ओली र साहस भट्ट उम्मेदवार छन् ।