मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानायकले बाणगंगामा गरे कपडा बैङ्कको उद्घाटन, कसरी जम्मा गर्ने कपडा ?

महानायकले बाणगंगामा गरे कपडा बैङ्कको उद्घाटन, कसरी जम्मा गर्ने कपडा ?

अपि टाइम्स

जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा कपडा बैङ्क स्थापना भएको छ । १५ औँ कपिलवस्तु महोत्सवको अवसर पारेर महानायक राजेश हमालले कपडा बैङ्को उद्घाटन गरेका हुन् ।

कपडा बैङ्को उद्घाटन गर्दै महानायक हमालले यसलाई सदुपयोग गर्न सबैलाई आग्रह गरेका छन् । महोत्सवमा छोटो मन्तव्य राख्दै हमालले यो बैङ्कमार्फत् नाना, लत्त कपडा नभएर दुख पाएका परिवार र ब्यक्तिको लागि अभियानले ठुलो काम गरेको बताए ।

यस क्षेत्रका ब्यापारी, ब्यवसायी लगायत नगरबासीले आफूले प्रयोग गरिसकेका लत्ता कपडालाई नफाल्न आग्रह गर्दै बैङ्कमा ल्याएर जम्मा गर्न हमालले आग्रह गरे ।

उनले भने, ‘यो पवित्र कर्म हो । यस अभियानले धेरै गरिबदुखी र कपडा नभएकाहरुलाई ठुलो टेवा दिएको छ । ब्यापारी हुनुहुन्छ भने स्टक रहेका कपडाहरु ल्याएर राख्न सक्नुहुन्छ । अरु आमाबुबाले आफूले प्रयोग गरेका कपडा नफालेर यहाँ ल्याएर राख्नु
भयो भने त्यसले अरु दुखीहरुको ज्यान ढाक्न सक्छ ।’

नगरपालिकामा गएर कपडा जम्मा गर्न उनको आग्रह छ । कपिलवस्तु, नवलपरासी, रुपन्देही आफ्नै क्षेत्रजस्तो लाग्ने भएकाले बढी माया लाग्ने गरेको पनि उनले हमालले सुनाए । बाणगंगा नगरपालिकाले गरेको आतिथ्य राम्रो लागेको उनको भनाई छ ।नगरप्रमुख चक्रपाणी अर्यालले यसअघि नै कपडा बैङ्क राख्ने सोच भए पनि बिविध कारण गर्न नसकिएको बताउँदै ढिलै भए पनि सुरु भएको कपडा बैङ्कमार्फत् नाना नभएकाहरुलाई पुर्याउने बताए ।

नगरप्रमुखको कक्षमा भएको सानो कार्यक्रममा उनले यसबारे जनचेतना बढाउने नगरले काम गर्ने बताए । बाणगंगामा यसअघि आगोलागि पीडितका लागि पनि यस अभियानमार्फत् कपडा दिएको स्मरण गर्दै यसलाई प्रभावकारी ढंगबाट प्रयोग गर्न यहाँका संघसंस्थासंग मिलेर जनचेतना जगाउने उनको भनाई छ ।

बैङ्कका अभियान्ता कमल जिसीले अभियान सुरु गरेको १ बर्षमा धेरैबाट राम्रो सहयोग र प्रेरणा पाएको बताए । नयाँ काम भएकाले यसबारे बुझाउन गारो भए पनि अहिले बल्ल सबैले कपडा बैङ्कको महत्व बुझ्न थालेको बताए ।

आम नागरिकले जस्तोसुकै कपडा पनि राख्न सक्ने बताउँदै पछि जम्मा भएका कपडालाई शुद्धिकरण गरेर ट्याग लगाइने बिसीको भनाई छ । यसै अभियानमार्फत् विदेशसम्म पनि कपडान निर्यात् गर्ने आफ्नो योजना रहेको सुनाए ।

राजेश हमालमार्फत् अभियान अघि बढाउन निकै सहयोग पुगेको बताउँदै उनले बाणगंगामा यसकाृे भरपुर प्रयोग र उपयोग हुने अपेक्षा राखे ।
बिसीले आफूहरुले लगाएर प्रयोगहिन भएका जस्तासुकै कपडालाई नगरपालिकामा राखिने कपडा बैङ्कमा जम्मा गर्न सकिने बताए । त्यसअघि नगर उपप्रमुख रिता कुमारी थारु, नगरप्रवक्ता विष्णु पौडेल, वडाअध्यक्षअरु विष्णु गिरी, बाबुराम अर्याल, कर्मचारी लगायतले फुलमालाले हमाललाई स्वागत गरेका थिए ।