मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराईमा हुस्सु र कुहिरो, काठमाण्डौमा आज यसवर्षकै कम तापक्रम

तराईमा हुस्सु र कुहिरो, काठमाण्डौमा आज यसवर्षकै कम तापक्रम

अपि टाइम्स

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा निरन्तर तापक्रम घट्न थालेपछि चिसो बढ्दै गएको छ । आज बिहान यसवर्षको सबैभन्दा कम न्यूनतम तापक्रम चार डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने मौसमविद् रोजन लामिछानेले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यकासहित तराईरमधेसका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहने अनुमान छ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।