मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेस्ट इन्डिजका पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आउने

वेस्ट इन्डिजका पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आउने

अपि टाइम्स

काठमाण्डौ । वेस्ट इन्डिजका पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले हिजो बेलुका सामाजिक सञ्जालमार्फत लारा नेपाल आउन लागेको जानकारी दिएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेका बेला लारा नेपाल आउन लागेका हुन् । तर उनी आउने आधिकारीक मिति खुलाइएको छैन । लारा नेपाल आउँदा अहिले भइरहको एनपीएलले थप उचाइ लिने क्यानको विश्वास छ ।

लाराले वेस्टइन्डिजका लागि एक सय ३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने दुई सय ९९ एकदिवसीय खेलमा १० हजारभन्दा धेरै रन बनाएका छन् । उनले वेस्टइन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफी जितेका थिए ।