मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुसालले उम्मेदवारी फिर्ता नलिए अध्यक्षमा पाण्डेसंग टक्कर हुने, जित्ने दुवैको दावी

भुसालले उम्मेदवारी फिर्ता नलिए अध्यक्षमा पाण्डेसंग टक्कर हुने, जित्ने दुवैको दावी

अपि टाइम्स

बाणगंगा । नेपाल पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा डिलाराम भुसालले उम्मेदवारी दर्ता गरेका छन् । महासंघका पूर्व अध्यक्षसमेत रहेका भुसालले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रेस सेन्टर नेपालका नेता समेत रहेका भुसालले प्रेस मन्च नेपालको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

भुसालको प्यानलबाट उपाध्यक्ष (खुला ) मा दिपक केसीले उम्मेदवारी दर्ता गरेका छन् । सचिवमा भुपाल थापा उम्मेदवार बनेका छन् भने सहसचिवमा पीताम्बर घिमिरे (हरि) उम्मेदवार छन् । कोषाध्यक्षमा मोहन बेलबासे र दिलिपकुमार यादवको उम्मेदवारी परेको छ ।

उम्मेदवारी मनोनयन भएपछि आज दिउसो २ बजेसम्म फिर्ताको समय छ । यदि भुसालले आज उम्मेदवारी फिर्ता नलिए भोलि हुने अध्यक्षको चुनावमा पाण्डे र भुसालबीच कडा टक्कर हुने छ । चुनाव भएको खण्डमा जित हासिल गर्ने दुवैको दावी छ । तर अन्तिमसम्म सहमतिको प्रयास हुने जनाइएको छ ।

आफ्नो जित निश्चित भएकाले उम्मेदवारी फिर्ता नलिने भुसालको दावी छ । यता पाण्डेले उम्मेदवारी फिर्ता लिएर सघाउन आग्रह गरेकी छन् ।

१६ सदस्यिय कार्यसमिति रहेको महासंघमा महिला उपाध्यक्षमा पूर्व रेडियो मायादेवीकर्मी दीपा महत सर्वसम्मत चयन भएकी छन् । यस्तै सदस्य (दलित) मा रामप्रघट कोरी, सदस्य (आदीबासी जनजाती) मा सोनकुमारी चौधरी सर्वसम्मत भएका छन् ।

यहीँ मंसीर २८ गते हुन गइरहेको महासंघको निर्वाचनमा अन्य पदमा निर्वाचन हुँदैछ ।