मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकारको चुनावः कपिलवस्तुमा प्रगतिशिल र समाजवादीले यसरी जिल्याए सेन्टरलाई

पत्रकारको चुनावः कपिलवस्तुमा प्रगतिशिल र समाजवादीले यसरी जिल्याए सेन्टरलाई

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, बुटवल । नेपाल पत्रकार महासंघ कपिलवस्तुको चुनावको संघारमा राष्ट्रिय जनमोर्चानिकट प्रगतिशिल पत्रकार संघ र नेकपा एस (समाजवादी)ले मोओवादी केन्द्र निकट प्रेससेन्टरलाई जिल्ल्याएका छन् ।

काँग्रेसनिकट प्रेस युनियनको एउटा विद्रोही समुह, माओवादीनिकट प्रेस सेन्टर, समाजवादीनिकट समाजवादी प्रेस संगठन र प्रेस मंच मिलेर विपक्षी प्यानल बनाउने एउटा सहमति गरेका थिए ।

उक्त सहमति अनुसार अध्यक्षमा सेन्टरका डिलाराम भुसाल, पुरुष उपाध्यक्षमा प्रगतिशिलका मोहन बेलबासे, महिला उपाध्यक्षमा समाजवादीकी दीपा महत, सचिवमा सेन्टरका भुपाल थापा लगायतलाई समेटेर प्यानल बनाउने गोप्य सहमति भएको थियो ।

त्यहि अनुसार मनोनय गर्ने तयारी भइरहँदा प्रगतिशिल र समाजेवादी सुटुक्क गएर काँग्रेस एमालेसंग मिलेर जाने सहमति अनुसार भाग लिएपछि माओवादीनिकट सेन्टर जिल्ल परेको हो । हिजो मनोनयनमा विपक्षी प्यानलबाट महत र बेलबासेले मनोनयन गरेपछि सेन्टर छक्क परेको थियो । यसलाई उनीहरुले धोका भनेका छन् ।

समाजवादीले एमालेको भागमा परेको महिला उपाध्यक्ष र सोही प्यानलबाट प्रगतिशिलले कोषाध्यक्ष पाएपछि डेरा सारेका हुन् । त्यहि अनुसार समाजवादीकी दिपा महत महिला उपाध्यक्षमा सर्वसम्मत भएकी छन् । धोका दिए पनि सेन्टरले अन्तिममा महतलाई समर्थन गरेको थियो ।

यता काँग्रेस, एमालेको प्यानलबाट प्रगतिशिलले कोषाध्यक्षमा कोटा पाएपछि मोहन बेलबासेलाई उम्मेदवार बनाएको छ ।
त्यसअघि समाजवादीका दीपक अनुरागी, प्रगतिशलका मोहन बेलबासे, सेन्टरका वसन्त गिरी पटकपटक कोठे वैठक बसेका थिए । आफूहरु सहमतिमा जानु पर्ने भए पनि यस खालको रणनीति बनाउने काम बेलबासे र अनुरागीको भएको बताउँदै उतातिरबाट आफ्नो स्वार्थ पुरा भएपछि साथ छाडेको गिरीले बताए ।

उनीहरुले धोका दिए पनि अझै पनि आफ्नो पक्ष बलियो भएको गिरीको दावी छ । अध्यक्ष पदमा आफूहरुले जित हासिल गर्ने बताउँदै अरु उम्मेदवारले पनि आश्चर्यजनक नतिजा निकाल्ने उनले बताए ।

काँग्रेशको विद्रोही समुहले पनि प्रगतिशिल र समाजवादीले धोका दिएको जनाएको छ । सचिव पदमा काँग्रेसनिकट प्रेस युनियनबाट सनि उल्लाहा धोवी र गुरुदेव पौडेलको मनोनयन परेपछि त्यहाँ विद्रोही समुह छ भन्ने पुष्टि हुन्छ । मनोनयनको बेलामा हिजो प्रेस युनियनका पत्रकारबीच झण्डे हात हालाहालको स्थिति बनेको थियो ।

यता अनुरागी र बेलबासेले यसपटक मिलेर गएको सन्देश दिन कित्ता परिवर्तन गरेको बताउँछन् । सेन्टरलाई धोका दिएको नभएर मिलेर जाने विषयमा यस्तो सहमति भएको प्रगतिशिलका पत्रकार नेता माधव भाट क्षेत्रीले बताए ।