जितपुर । १५ औँ कपिलवस्तु महोत्सवमा नयाँ आकर्षण अन्तरगत आज डिजर्ट साइक्लिङ च्यालेञ्ज प्रतियोगिता हुँदै छ । बाणगंगा राइडर्स क्लव कपिलवस्तुले यो कार्यक्रम आयोजना गरेको हो ।
महोत्सव स्थल बुद्ध रंगशालामा हुने च्यालेञ्जमा करिब २ सय प्रतियोगीले भाग लिने प्रतियोगिता संयोजक रविन्द्र पौडेलले जानकारी दिए । आज विहानसम्म सबै तयारी पुरा भएको जनाउँदै सहभागी भई निशुल्क रुपमा खेल हेर्न क्लवले आग्रह गरेको छ । खेलका लागि जिल्ला भित्र र बाहिरका खेलाडीको सहभागिता रहेको क्लवले जनाएको छ ।
खेलको लागि बालुवाको लिग भएको निश्चि दुरी बनाइएको छ । त्यसमा साइकल गुडाएर सबैभन्दा छिटो दुरी पार गर्नेलाई प्रथम, द्धितीय र तृतीय घोषणा गरिने संयोजक पौडेलको भनाई छ ।
यदि दुरी पार नभएको खण्डमा सबैभन्दा चाँडो धेरै बालुवाको बाटो पार गर्नेलाई विजेता घोषणा गरिने उनले बताए ।
प्रथम हुनेले माउण्टेन साइकल, दोश्रोले नगद १० हजार र तेश्रो हुनेले नगद ५ हजारसहति शिल्ड र प्रमणपत्र पाउने क्लवका अध्यक्ष विष्णु प्रसाद सापकोटाले जानकारी दिए ।
यस बर्ष बिभिन्न नयाँ नयाँ कार्यक्रम गरिएकाले बालुवामा साइकललाई पनि स्थान दिइएको आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक गणेश बहादुर क्षेत्रीले बताए ।
पछिल्लो समय बिभिन्न सामाजिक र मानवीय गतिविधि गरेर पछिल्लो समय चर्चामा रहेको बाणगंगा राइडर्सले यो कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउँदै फागुनमा गरिने कोरा साइक्लिङ च्यालेञ्जको तयारीको सुरुवातको रुपमा यस प्रतियोगितालाई लिइएको छ ।
प्रतिक्रिया