जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा रहेको हिलवर्ट इङलिश बोर्डिङ स्कुलले विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान गरेको छ । बिभिन्न क्षेत्रमा भएका अतिरिक्त क्रियाकलापमा सहभागी भएर उत्कृष्ट स्थान हासिल गरी स्कुलको नाम राख्नेहरुलाई विहिबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले सम्मान गरेको हो ।
१५औँ कपिलवस्तु महोत्सवको अवसरमा शैक्षिक संघ संस्था समन्वय समिति बाणगंगा कपिलवस्तुले आयोजना गरेका जिल्ला स्तरीय र नगर स्तरीय विभिन्न बिधामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने प्याब्सन कपिलवस्तुको कार्यक्रममा पनि उत्कृष्ट हुनेहरुलाई सम्मान गरिएको थियो ।
१३ औं डान्स आइडलमा द्वितीय स्थान प्राप्त गर्ने प्रतिज्ञा गिरी, उनका अभिभावक लगायतलाई विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दीपक खनाल लगायतले सम्मान गरेका थिए ।
महोत्सवमा आयोजना भएको स्कुल स्तरीय वकृत्वकलामा हिलवर्ट प्रथम भयो भने महोत्सवमै भएका लोक नृत्य’मावि’ प्रथम, आधारभूत तहमा ९द्धितीय० लोक गायनको आधारभूत र मावि दुवैतर्फ द्धितीय, र छात्रा भलिवलमा पनि दुवैतर्फ प्रथम स्थान हासिल गरेर हिलवर्टले नाम राखेको हो ।
यस्तै भर्खरै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याबसन० ले आयोजना गरेका बिभिन्न शैक्षिक गतिविधिमा पनि हिलवर्टले उत्कष्ट स्थान हासिल गरेको छ ।
युकेजीसम्म र कक्षा १ देखि ५ सम्मका जिल्लास्तरीय हस्तलेखनमा प्रथम स्थान हासिल गरेको हिलवर्टले आधारभूत तहको जिल्लास्तरीय निबन्ध लेखनमा प्रथमा पनि प्रथम स्थान हासिल गरेको विद्यालयका प्रबन्ध निर्देशक बुद्धि पौडेलले जानकारी दिए । यस्तै प्याबसनको जिल्लास्तरीय शैक्षिक प्रर्दशनी(कक्षा ९ देखि १२ सम्म) पनि विद्यालयले द्धितीय स्थान हासिल गर्न सफल भएका थिए ।
विद्यालयका अध्यक्ष दीपक खनालले पढ्नुले मात्र विद्यार्थीको प्रतिभा मापन नहुने भन्दै उनीहरुको प्रतिभा चिन्नु नै स्कुल र शिक्षकको दायित्व रहेको बताउँदै आफूले पनि यस्तै कुरामा जोड दिएको खनालको भनाई छ ।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक बुद्धि पौडेल, प्राचार्य शिव कुमार पोख्रेल लगायतको सहभागिता थियो । कार्यक्रमको संचालन विद्यालयका एकेडेमी डाइरेक्टर तेजप्रसाद आचार्यले गरेका थिए । ती सबैलाई सम्मान गरिएको प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए ।
प्रतिक्रिया