मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनपिएलमा कार जित्ने प्रमुख दावेदार, को सबैभन्दा बलियो ?

एनपिएलमा कार जित्ने प्रमुख दावेदार, को सबैभन्दा बलियो ?

अपि टाइम्स

काठमाडौं । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को दुई फाइनलिस्ट बनेपछि अब उपाधि कसले जित्ला भन्ने अनुमान हुन थालिसकेको छ । कोही सुदूरपश्चिम हावी हुन्छ भनिरहँदा कोहीले जनकपुरले तेस्रो भेटमा बदला लिन्छ भनिरहेका छन् । विजेताले अहिलेसम्मकै धेरै नगद पुरस्कार राशी १ करोड १० लाख पाउने छन् । जुन अर्को चर्चाको विषय बनेको छ ।

त्यसबाहेक उत्कृष्ट नेपाली खेलाडीले ओमोडाको कार पुरस्कार पाउनेछन् । र अहिले त्यो कार पुरस्कार कसले पाउला भन्ने पनि धेरैको चासोको विषय बनेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले लिग सुरु हुनु अघि नै शारदा ग्रुपसँग एनपीएकको ‘ड्रिभन बाई’को रुपमा ओमोडा एण्ड जेइको सँग सम्झौता गर्दै प्लेअर अफ दि सिरिज हुने नेपाली प्लेअरलाई कार पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।

नेपाली राष्ट्रिय टिम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले पाउलान वा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पाउलान् वा जनकपुर बोल्ट्सका स्पीनर ललित राजवंशीले चढ्लान् त कार ?

लिग र चरण र प्लेअफका तीन खेल भइसक्दा चर्चामा रहेका यिनै खेलाडी कारको दाबेदारको रुपमा छ ।

लिग चरणमा रोहितले सर्वाधिक रन बनाएका थिए तर उनको टिम लायन्स समूह चरणबाटै बाहिरियो । लुम्बिनीले हारिरहँदा पनि कप्तान रोहितले ब्याट र बलबाट योगदान दिइरहेका थिए । उनकै अलराउण्ड प्रदर्शनमा लुम्बिनीले एक खेल मात्र जितेको थियो । अझै पनि नेपाली खेलाडीमध्ये धेरै रन बनाउनेमा रोहित नै सबैभन्दा अघि छन् ।

यसबाहेक दीपेन्द्रले बल र ब्याट मात्र नभई मैदानमा नेतृत्व गर्नेदेखि फिल्डिङ पनि उत्कृष्ट गर्दै सबै क्षेत्रमा लिड लिएर आफ्नो टिमलाई पहिलो फाइनलिस्ट बनाए ।

यसबाहेक जनकपुरको फाइनल यात्रा योगदान धेरै दिने नेपाली खेलाडीमा रहेका छन् ललित राजवंशी । उनले स्पीनबाट योगदान दिइरहेका छन् । ललितले सुदूरपश्चिमका स्कट कुगेलेइनसँगै सर्वाधिक १६ विकेट लिएका छन् ।

जनकपुरका विदेशी खेलाडीहरु नै हावी बन्दा बलिङमा ललित र किशोरको जोडी जमिरहेका छन् ।

सुदूरपश्चिमलाई फाइनल पुर्‍याउन नेतृत्व गर्नेका साथै मैदानमा सबै क्षेत्रमा छाएका दीपेन्द्र सिंह ऐरी कारको दाबेदारको रुपमा छन् । कप्तान भए पनि विना दबाब खेल्ने र आवश्यक परेका बेला ब्याटिङ बलिङ र फिल्डिङ जता पनि तयार हुने खेलाडी हुन् । क्वालिफायर वान मा सुदूरले जनकपुरलाई हराएपछि प्लेअर अफ दि म्याच बनेका सुदूरका खेलाडी विनोद भण्डारीले पनि दीपेन्द्र नै अहिले बेस्ट प्लेअर भएको बताएका थिए ।

दीपेन्द्रले ८ खेलमा १ अर्धशतक बनाएका छन् । उनले पहिलो खेलमै विराटनगर विरुद्ध अविजित ४७ रन बनाउँदै प्लेअर अफ दि म्याच बनेका थिए । त्यसपछि उनले टिमको अवस्था अनुसार ब्याटिङ पोजिसन चेन्ज गरेर ब्याटिङ गरे । काठमान्डु गुर्खखाज विरुद्ध ४३ रन बनाएका उनले लुम्बिनीविरुद्ध अविजित ४३ रन जोडे । चितवन विरुद्ध १ रनमा आउट भएका उनले जनकपुरविरुद्ध खाता खोल्न सकेनन् । पोखरा विरुद्ध २०, कर्णाली विरुद्ध ३८ रन बनाए । क्वालिफायर वान मा जनकपुर विरुद्ध २० रन बनाएका थिए । साथै उनले जनकपुरविरुद्ध ३ विकेट समेत लिए जुन उनको बेस्ट बलिङ फिगर समेत हो । दीपेन्द्रले बलिङमा कुल ८ विकेट लिएका छन् ।